पर्वतका एघार स्थान पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी - News site from Nepal
पर्वतका एघार स्थान पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी

पर्वत /गण्डकी प्रदेश सरकारले पर्वतका ११ स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी गरेको छ ।
गण्डकी प्रदेस सरकारले आन्तरिक पर्यटन बर्ष मनाउने सन्र्दभमा नयाँ गन्तब्य सुचीकृत गर्ने तयारी गरिरहेको छ ।
पर्वतका स्थापित पर्यटकीय गन्तब्य र नयाँ गन्तब्य बन्दै गएका स्थानहरुलाई समेत समेटेर पर्यटकीय गन्तब्य सुचीकृत गर्ने तयारी भैरहेको छ । पर्वतका नेपाल र बिश्वकै अग्लापुलहरु, पञ्चासे, सेतीबेणी शिला, लुंखुको महाशिला, डहरे, मोदीबेणी धाम सहित समेटेर गुप्तेश्वर, अलपेश्वर, पार्वती गुफा, भमरकोट माटे क्षेत्र, जलजला कालञ्जर क्षेत्र, निलकण्ठ चिसापानी क्षेत्र, पैंयुकोट, खनियाँघाट शुक्लेश्वर , कालीगण्डकी जलयात्रा, दुर्लुङ्गकोट सहित महभिरमा छहरा आरोहण लगायतका स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।


प्रदेशले सन २०२२ मा आन्तरिक भ्रमणबर्ष मनाउँदै छ । त्यस अवधी सम्म पर्यटकीय गन्तब्यहरुमा आवश्यक पुर्वाधार बनाउने, केवलकार, होमस्टे, टे«किङ्ग रुट लगायतका पुर्बाधार समेत बन्ने प्रदेश सरकारका पर्यटन मन्त्री बिकास लम्सालले बताउनुभयो । ‘प्रदेशमा रहेको मुख्य सबै पर्यटकीय गन्तब्यमा पुर्वाधार बनाउने र पर्यटकलाई आकर्षित गर्ने योजना छ’ उहाँले भन्नुभयो । यस्त गन्तब्यलाई पुर्वाधार बिकास गर्न प्रदेश सरकारले तत्काल ५० लाखका दरमा बजेट बिनियोजन गर्ने तयारी समेत गरेको छ ।


यसघि संघीय सरकारको पर्यटन मन्त्रालयले मुलुकभरका १ सय पर्यटकीय गन्तब्यमा पर्वतका तीन वटालाई स्थापित तथा प्रर्बद्धन गरिनुपर्ने र दुई स्थानलाई नयाँ तथा बिकास गरिनुपर्ने पर्यटकीय गन्तब्यको रुपमा सुचिकृत गरेको थियो । यस अघि पर्वतका कुनै पनि पर्यटकीय स्थल गन्तब्यको रुपमा सुचिकृत भएका थिएनन । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुप्तेश्वर गुफा, सेतीबेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तब्यको रुपमा सुचिकृत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा बिकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समाविष्ट भएको हो ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार छनोट भएका गन्तव्यहरुको विकास र प्रबद्र्धनका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ । चालु आर्थिक बर्षको बजेटबाट नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा तिनको प्रबद्र्धनका लागि ५० करोड बजेट विनियोजन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!