संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता - News site from Nepal
संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता

काठमाडौ – संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा देउवाले भनाइ राखेनन्। नागरिक दैनिकका अनुसार बुधबार विकास समितिको ३५औँ बैठक थियो।
२५ वटा बैठकसम्म निरन्तर अनुपस्थित भएपछि एक महिनाअघि समितिकी सभापति कल्याणी खड्काले देउवालाई उपस्थितिका लागि पत्र पठाएकी थिइन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राज्य व्यवस्था समितिका सदस्य हुन् तर उनी सुरुतिरका दुई बैठकमा मात्रै उपस्थित भए पनि पछिका बैठकमा उपस्थित भएका छैनन्। सभापति शशी श्रेष्ठले समितिको बैठकमा अनुपस्थित भए पनि दाहालले आफूलाई जानकारी गराउने गरेको बताइन्। समितिमा शीर्ष नेतामात्र होइन, अन्य सदस्य पनि अनुपस्थित भएर धेरैपटक कोरम नपुग्ने समस्या आउने गरेको छ। प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउनसक्ने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!