बागलुङको पर्यटन विकासका लागि गुरुयोजना बन्दै,दीर्घकालीन गुरुयोजना बनाउनुहोसः मन्त्री लम्साल - News site from Nepal

माधब पराजुली,पोखरा
पर्यटन विकास समिति बागलुङले पर्यटन विकासका लागि जिल्लाको गुरुयोजना तयार पार्ने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइ र बाग्लुङका दश वटै स्थानियतहको सहयोगमा पहिलो पटक नयाँ गुरुयोजना तयार हुन लागेको हो ।
बाग्लुङ जिल्लाको पर्यटन गुरुयोजना अहिँले सम्म एउटा पनि बन्न सकिरहेको छैन् । गुरुयोजना तयार पार्नको लागि आईतवार मन्त्री,सांसद,स्थानियतहका जनप्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधि बिच पर्यटन विकास गुरुयोजनाका बिषयमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको छ । गुरुयोजना तयार पार्न पर्यटन क्षेत्रका विज्ञसमेत सहभागी थिए ।
गुरुयोजना तयार पारिसके पछी गुरुयोजना अनुसार बाग्लुङको पर्यटन क्षेत्रको विकास कार्य अगाडि बढईने छ । नयाँ ढंगले पर्यटन क्षेत्रको विकास आवश्यक रहेकोले गुरुयोजना तयार पार्दै छाँै, पर्यटन विकास समिति बाग्लुङका अध्यक्ष राजु खड्काले भन्नुभयो” पर्यटन क्षेत्रका सरोकारवाला निकायले दिएको सुझावसमेत योजनामा समेटिने उहाँले बताउनुभयो ।
बाग्लुङमा पर्यटन क्षेत्रले हालसम्म हासिल गरेको उपलब्धी र आगामी जिल्लको पर्यटन क्षेत्रको बाटो देखाउने प्रयासहरु, तथा पर्यटन क्षेत्रका सम्भावनाहरु गुरुयोजनामा उल्लेख हुनेछ । त्यस्तै गुरुयोजनामा माग र आपूर्तिको नियमअनुसार पर्यटन क्षेत्रमा लगानीको वातावरण बनाउने तरिकासमेत समेटिएको हुनेछ ।
पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढनुपर्नेमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । पर्यटन विकास समिति बाग्लुङले जिल्लाको समृद्धिका लागि पर्यटन विकास’ तथा गुरुयोजना विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्नुको विकल्प नभएको बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्नुुपर्ने धारणा राख्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना आवश्यक रहेका बताउदै ऐतिहासिक, पुरातात्विक, सामाजिकरधार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत बाग्लुङ पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने बताउनुभयो ।
बाग्लुङ जिल्ला प्राकृतिक सम्पदा,प्राचुर्यताका हिसाबले निकै धनी रहेको बताउदै मन्त्री लम्सालले कल्चर र नेचरको उचित प्रयोगबाट प्रदेशको समृद्धी र पर्यटन पर्बद्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । प्रकृतिले दिएका हिमाल, ताल तथा झरनाले पर्यटनको सम्भावना बोके जस्तै विविध जातजातिका नाचगानले र संस्कृतिले पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेल्ने मन्त्री लम्सालको भनाई थियो ।
‘पर्यटकहरु रमाउँने कालिगण्डकी करिडोर हुदै मुक्तिनाथ जाने क्षेत्रलाई बिशेष महत्व दिएर योजना बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यस्तै अरु जलयात्रा,पञ्चकोट,गाजाको दह,घुम्टे,बाग्लुङ कालिका,तमान,निसि खोला,ढोरपाटन,नरसिंहकोट,भैरवथान,उपल्लाचौर,माझकोट जस्ता क्षेत्रहरुलाई बिशेष महत्व दिएर पर्यटन गुरुयोजनाको प्रस्ताब ल्याउनुुस् हामी सहयोगको लागि तत्पर छौं ।’ गण्डकी प्रदेश सरकारले ११० पर्यटकीय स्थानलाई सुचिकृत गरी विकास गर्न लागिपरेको जनाउदै गण्डकी प्रदेश आन्तरिक भ्रमण बर्ष,पूर्वाधार बर्ष,छिमेकी भ्रमण बर्ष र गण्डकी प्रदेश भ्रमण बर्षलाई सफल बनाउन सबैलाई आफ्नो तह र तप्का बाट सहयोग गर्न आग्रह गर्नुभयो ।
पर्यटनको अभिन्न अंग ग्रामिण भेगलाई पनि मान्न सकिने र होमस्टेको विकास गरी गाँउ गाँउमा पर्यटक पु¥याउने प्रदेश सरकारको योजना रहेको छ‘कसरी सबैलाई गाउँ फर्काउने र गाँउमै रमाउने गराउने तथा रोजगारी सिर्जना गर्ने हेतुलेनै होमस्टे प्रवद्र्धन कार्यक्रम अगाडी बढाएका हौँ मन्त्री लम्सालले भन्नुभयो,’, ‘पर्यटन प्रबद्र्धनको लागि तपाई पनि छलफल चलाउँनुस् ।’ गण्डकी प्रदेश गाउँको पर्यटन प्रबद्र्धनका लागि योजना बनाएको उल्लेख गर्दै ‘गाउँको पर्यटन व्यवस्थित गर्न ३ सय होमस्टे सञ्चालन गर्दै छौं,’ उहाँले भन्नुभयो, ‘तपाईहरुको गाउँमा पनि यसको सम्भाव्यता छ, गण्डकी प्रदेश सहयोगको लागि सदैव तत्पर छ ।’
मन्त्री लम्सालले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार राम्रो तवरले गर्न आवश्यक रहेको बताउदै सम्बन्धित विषयमा समन्वय गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
संघिय सांसद देवेन्द्र पौडेलले पर्यटन प्रवद्र्धन तथा विकास नभएसम्म देशको अर्थतन्त्र समृद्ध हुन नसक्ने प्रतिक्रिया दिदै गुरुयोजना बनाउदा अबको ३० बर्ष सम्मको लागि काम गर्ने खालको बनाउन सुझाए । धेरै पर्यटक भित्रउन पूर्वाधार विकास आवश्यक भएकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!