गुप्तेश्वर गुफामा आरती - News site from Nepal
गुप्तेश्वर गुफामा आरती

पोखरा, २५ बैशाख ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।
विश्वशान्तिको कामना सहित पारिवारीक सुख शान्ति, पितृउद्धार लगायतका विविध लक्षयका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमवार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो ।
तीन जना गुरुद्धारा शुद्ध गाईको ध्यू, कपुर, जोती लगायतका पुजाका सामाग्रीको माध्यमबाट गरिने आरती बिशेष गरि शिव, बिष्णु भगवान तथा दुर्गादेवी मन्त्र वाचनद्धारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अक्षतृतीयको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा १७ का वडाअध्यक्ष तिर्थ अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
२०५१ सालदेखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा बार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिकट बिक्रीबाट बार्षिक तीन करोड भन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसंगै धार्मिक पर्यटकको संख्यामा वृद्धिहुने विश्वा लिइएकोछ ।
नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भएपनि पछिल्लो समय भने जनकपुरधाम, देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएकोछ भने मुलुक भर विस्तार हुने क्रम जारीछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!