पर्वत– समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्वत जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत र समुदाय प्रहरी जिल्ला समिति पर्वतको आयोजनामा बिद्यालयस्तरबाट शुरु भएको प्रतियोगिताको अन्तिम चरण अन्र्तगत शुक्रबार जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भएको हो ।
कुस्मामा आयोजित जिल्लास्तरीय प्रतियोगितामा कुश्मा नगरपालिका स्थित नमूना अंग्रेजी आवासिय माबिकी प्रकृति शर्मा प्रथम, मोदी गाउपालिका स्थित महेन्द्रशिखरी माबिककी करिना पौडेल द्धितिय, पैयु गाउँपालिका स्थित जनसेवा संस्कृत माबिकी विनिता भुषाल तृतिय र फलेवास नगरपालिका स्थित राम माबि शंकरपोखरीकी अंजली वि.क. सान्तवना स्थान हासिल गरेका छन ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय ,सान्त्वना र सहभागी हुने हरुलाई क्रमश ११ हजार, ७ हजार, ५ हजार , ४ हजार र सहभागी प्रतियोगी महाशिला गाउपालिका स्थित सुर्य मा.बि.का साजन सुनार र बिहादी गाउपालिका स्थित जनकल्याण मा.बि.का सागर खड्का लाई समेत २र२ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बिजयीहरुलाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभएको थियो ।
बिगत ४ महिना देखी संचालन हुदै आईरहेको वक्तृत्वकला प्रतियोगितामा पर्वत जिल्लाका ९४ वटा विधालयहरुका करिव ८ सय ५० विधार्थीहरु सहभागी भएका थिए । बिद्यालयस्तरवाट छनौट हुदै ६ वटा पालिकावाट प्रथम स्थान हासिल गरी जिल्ला स्तरमा छनोट भएका ६ वटा विधालयका ६ जना विधार्थी सहभागि जिल्लास्तरमा भएको प्रतियोगितामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । बिद्यालय देखि जिल्ला तहमा भएका प्रतियोगिताले बिद्यार्थीमा अपराध नियन्त्रण, प्रहरी संगको सहकार्य लगायतका बिषयमा सकारात्मक धारणा निर्माण गर्न सहयोग पुगेको तिवारीको भनाई छ ।
६ जना प्रतिष्पर्धीहरुलाई विभिन्न ६ शिर्षकमा भएको प्रतियोगिताका बिजेता एवम् सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि.पौडेल एवम् कार्यक्रमको अध्यक्ष प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ज्यूले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.पौडेल र कार्यक्रमका सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा यस्ता कार्यक्रमले अपराध रोकथाम एवम् नियन्त्रणमा समेत प्रभावकारी रुपमा कार्यान्वयन हुने अपेक्षा राखेका थिए । आफ्नो सुझाव एवम् प्रतिकृया राख्नु भएको थियो । कार्यक्रममा कुस्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटा, जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख उद्धीमराज पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष शिवप्रसाद सुवेदी, प्याप्सन पर्वत अध्यक्ष वलराम शर्मा, विभिन्न विधालयका प्रधानाध्यापक , शिक्षक एवम् विधार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय आदर्श माविका प्रिन्सिपल हिम वहादुर पौडेलले राखेका थिए भने प्रहरी निरीक्षक राजन रायमाझीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए । कार्यक्रमको संचालन आदर्श मा.वि.का शिक्षक कमल थापाले गरेका थिए ।