गण्डकी प्रदेश सरकारको निति तथा कार्यक्रमः आर्थीक वृद्धिदर १०.२ प्रतिशतले वृद्धि गर्ने - News site from Nepal


माधव पराजुली,पोखरा
२०७६/०२ /२४
गण्डकी प्रदेश सरकारले २०७६/०७७ निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रवार गण्डकी प्रदेश सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
प्रदेश सरकारले समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्ने दीर्घकालिन सोँच लिएको छ भने प्रदेशको विकास र समृद्धिका लागि आगामी चार बर्षभित्र बहुआयामिक गरीबी १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने र प्रदेशको बार्षीक औसत आर्थीक वृद्धिदर १०.२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिइएको छ ।
निति तथा कार्यक्रमले प्रदेशको सन्तुलित,समन्यायिक र समावेशी विकास र समृद्धि हासिल गरी समृद्ध नेपाल,सखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्ने उद्देश्य लिएको छ ।
गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको छ । गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरि प्रदेशलाई पर्यटन हबको रुपमा विकासगर्ने निति लिएको छ ।
सरकारले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने संकलप गरेको छ । कृषि क्षेत्रको आधुनिकीकरण,यान्त्रीकीकरण व्यवसायीकरण र सिंचाको सुनिश्चिता गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आगामी तीन बर्षमा मुख्य मुख्य उत्पादनमा आत्मनिर्भर हुने र पाँच बर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको सरकारले एक घर एक सहकारीको अवधारणालाई आगाडी बढाएको छ ।
नीति तथा कार्यक्रममा कृषि र पशुपालनमा मोडेल व्यावसायिक फर्म सञ्चालन गर्ने, एक पालिका एक कृषि उत्पादन कार्यक्रम, युवा कृषकलाई कृषिमा आकर्षित गर्ने, उत्प्रेरित गर्ने र विपन्न युवा वर्गको उत्थान र लक्षित समूहलाई सहयोग हुने कृषि तथा पशु विकास कार्यक्रमलाई जोड दिइने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले आगामी चार बर्ष भित्र प्रदेश राजधानी पोखरा बाट प्रदेशका सबै स्थानिय तहका केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोडिने लक्ष्य समेत लिएको छ । बृहत पोखरा चक्रपथ र पोखरा—भिमाद—दुम्कीवास दु्रतमार्ग तथा शालिग्राम साँस्कृतिक कोरिडोरलाई आगाडी बढाउने योजना अगाडी सारेको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाईने तथा प्रदेशमा विशिष्टिकृत अस्पतालको निर्माण गर्ने नितिलाई निरन्तरता दिएको छ ।
गण्डकी प्रदेश सरकारले वैज्ञानिक व्यवस्थापन सहतिको हरियो वन, विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने,प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने,प्रदेश खेलकुद प्रतिष्ठान स्थापना गर्ने, औद्योगिक ग्राम स्थापनाको लागि सम्भाव्यता अध्ययनलाई अगाडी बढाउने निति लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!