चैत २६ को विशाल जनसभावाट पर्वतमा एमालेको बिजयउत्सव शुरु हन्छ ः केन्द्रीय सदस्य गिरी - News site from Nepal

पर्वत- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले चैत २६ गतेको विशाल जनसभावाट आगामी स्थानीय तहको निर्वाचनमा पर्वतमा एमालेको बिजयको शंखघोष हुने बताउनुभएको छ ।
नेकपा एमाले पर्वतद्धारा कुश्मामा आयोजित जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सभामा हुने पर्वतवासीको उपस्थितिले एमालेको पक्षमा ब्यापक जनलहर पैदा गर्ने भन्दै नेता गिरीले सम्पुणर् नेता कार्यकर्तालाई जनसभामा सहभागिताका लागि आग्रह समेत गर्नुभएको छ ।


नेकपा एमाले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य गिरीले नेकपा एमाले र सुर्य चिन्ह नै आम नेपालीहरुले सवैभन्दा बढि मन पराएको पार्टी रहेको भन्दै त्यसको परिणाम वैशाख ३० गतेको स्थानीय तहको परिणामले देखाउने दावी गर्नुभयो ।
एमालेको सरकारले मुलुकमा ल्याएको समृद्धि र परिवर्तनको छलाङ देखेर परमादेशवाट बनेको गठवन्धन सरकारमा आवद्ध दलहरु अत्तालिएको बताउँदै तिनीहरुका निम्ति चुनावी तालमेल फलामको च्यूराजस्तो हुने दावी समेत गर्नुभयो । स्थानीय तहको निर्वाचनकै कारण नेपाली काँग्रेसले लाखौ कार्यकर्ता गुमाउने निश्चित रहेको सांसद समेत रहनुभएका नेता गिरीले बताउनुभयो । उहाँले आगामी एमाले नेतृत्वको सरकारले बृद्ध भत्ता पाँच हजार पुर्‍याउने, विकास निर्माणका पुरा हुन बाँकी कामलाई पुरा गर्ने र मुलुकको अर्थतन्त्रको सुधारमा व्यापक काम गर्ने बताउनुभयो । अहिलेको सरकारवाट कुनैपनि खालको आश गर्न नसकिने बताउँदै समृद्ध मुलुक र सुखि नेपालीका लागि स्थानीय निर्वाचनमा पनि सातै वटा सुर्यमा छाप लगाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सचिबालय सदस्य मनोहर वि पौडेल, सचिबालय सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल, गण्डकी प्रदेश सदस्य लक्ष्मण गिरी, कुश्मा नगरकमिटिका अध्यक्ष मिनप्रसाद श्रेष्ठ, कुश्मा नगर कमिटिका उपसचिब स्वस्थानी रिजाल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा पार्टी कार्यालय स्थापनाका साथै नेकपा एमालेले दुर्लुङमा गरेको बिकासका कामहरु समेटिएको लक्ष्मण गिरीको लोकगीत समेत शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!