
पर्वत– गैरआवासिय नेपाली संघ एनआरएनएका केन्द्रीय कोषाध्याक्ष महेश कुमार श्रेष्ठलाई सदरमुकाम कुश्मामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतले बाल मन्दिर प्राविमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो । गैर आवासीय नेपालीहरुको हकहित र उनीहरुको सिप तथा क्षमताको प्रयोग आफ्नो जन्मभूमिको विकासका लागि गर्नुभएको योगदानको मुल्याङन गदै संसारभरि छरिएर रहेका गैर आवासिय नेपालीहरुको संस्था गैरआवासिय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिको अधिवेशनवाट कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा उहाँलाई स्वागत तथा सम्मान गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, कुश्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशी, नेपाल बाल संगठन पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा लगायतले दोसल्ला ओढाएर फुल माला र सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख जोशी र वडा अध्यक्ष चित्रकला शर्मालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जोशीले एनआरएनएको निर्वाचनमा पर्वतेहरुको उम्मेदवारी र विजयले जिल्लाको गरिमा बढेको बताउनु भयो । श्रेष्ठ कोषाध्याक्षमा विजय हुँदा जिल्लाको सान र गौरव बढेको बताउँदै नेता जोशीले पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले श्रेष्ठको विजयले सिंगो पर्वतलाई खुशी तुल्याएको बताउनु भयो ।
गैरआवासिय नेपाली संघ एनआरएनएका केन्द्रीय कोषाध्याक्ष श्रेष्ठले मुलुकको शिक्षा प्रणलीलाई गुणस्तर बनाउन एनआरएनएले सहयोग गर्ने बताउनुभयो । उहाँले एनआरएनलाई नयाँ ढंगवाट अघि बढाउन खोजेको बताउँदै मुलुकको विकासमा एनआरएनए लागि रहेको दावी गर्नुभयो । साथै विद्यार्थीको शैक्षिक विकासका लागि १० लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कुश्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशीले नगरको विकासमा प्रवासीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकार्य र सहयोगका लागि आग्रह गर्नुभयो ।
कालीगण्डकी एकेडेमीका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि १ लाख सहयोग गर्ने घोषण गर्नुभयो ।
कुश्मा नगरपालिका ५ की वडा अध्इक्ष चित्रकला भारती शर्माले विद्यालयको गुणस्तर बढाउनका लागि ५ लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका अध्यक्ष निर्मल विश्वकर्माले दिवा खाजा कार्यक्रमका लागि १ लाख सहयोग गर्ने उद्घोष गर्नुभयो । अध्यक्ष विश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्याक्ष मानकुमारी गिरी र कार्यक्रममा सचिव सरस्वती शर्मा जिज्ञासूले गर्नुभएको थियो ।