पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा यहि माघ ९ गतेदेखि १९ गते सम्म पर्वत महोत्सव हुँदै छ ।
सरकारले नेपाल भ्रमण वर्ष मनाईरहेका बेला पर्वतमा आयोजित महोत्सवले थप टेवा पुग्ने पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले आव्हान गर्नुभएको छ । उहाँले महोत्सवलाई सफल पार्न सुरक्षालाई प्रभावकारी बनाईएको भन्दै ढुक्क भएर महोत्सव अवलोकन गर्न आव्हान समेत गर्नुभएको छ ।
उहाँले यस्ता मेला र महोत्सवले जिल्लाको समग्र आर्थिक तथा पर्यटकीय विकासका लागि टेवा पुग्ने बताउँदै पर्वतकै समृद्धिसँग जोडिएको यो महोत्सव सफल बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पनि आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
हेर्नुहोस भिडियो