लायन्स कलव अफ पर्वत चौतारीको सहयोग जल जलाका विपन्न परीवारलाई  - News site from Nepal
पर्वत-   हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ संचालित लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा कृयासील लायन्स कलव अफ पर्वत चौतारीले विश्वब्यापी महामारीको  रुपमा फैलिएको कोरोनााभाईसर का कारण भएको लकडाउनवाट प्रभावित जलजला गाँउपालिका वडा नं ८ का अतिविपन्न परीवारलाई २५ वोरा चामल तथा १ वोरा दाल सहयोग हस्तान्त्रण गरेको हो ।
दैनिक ज्यालादारी गरेर जिविकोर्पाजन गर्न नसकेका अति विपन्न परिवारलाई कलवले सहयोग गरेको  कलवका अध्यक्ष टंकनाथ लामिछाने ले वताउनुभयो । लामिछानेकै अध्यक्षतामा आयोजित सहयोग हस्तान्त्रण कार्यक्रममा जलजला गाँउपालिका ८ का अध्यक्ष हरीविकास जिशि तथा लायन्सका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलवका सस्थापक अध्यक्ष परशुराम पुरी पुर्व अध्यक्ष पुरुषोत्र्तम आचार्य . सदस्य निलम वहादुर गदाल ले वोल्नुभएको थियो ।  कार्यक्रमको संचालन कलवका सचिव राजेश पौडेल ले गर्नुभएको थिायो ।
जलजला ८ का अति विपन्न १३६ परिवार मध्य २५ परिवरलाई राहात संकलन भएको र नपुग राहातका लागी गाँउपालिका तथा अन्य संघ सस्था संग सहकार्य भैरहेको अध्यक्ष जि शि ले वताउनु भयो साथै प्रप्त सहयोग सम्वन्धीत ब्याक्तीको हातमा पुग्ने कुरामा अफु प्रतिवद्ध रहेको जानाकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!