पर्वत –  पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा नेपाल तरुण दल गठन भएको छ । देविस्थानको हाँडीचौरमा सम्पन्न भएको वडा अधिवेशनले किशोर क्षेत्रीको अध्यक्षतामा १ सय १ कार्य समिति चयन गरेको हो । समितिको उपाध्याक्षमा दिपक कुवँर, इश्वर श्रेष्ठ र तिर्थ कुवँर रहनु भएको छ । त्यस्तै सचिवमा सन्तोष श्रेष्ठ र दिवश कुवँर, सहसचिवमा विवेक थापा र कोषाध्याक्षमा सरस्वती जोशी चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी एवम् नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो । उहाँले पार्टीलाई सहि दिशामा ल्याउन अगुवाइ गर्न युवाहरुलाई निर्देशन दिनुभयो । नेत्री क्षेत्रीले आगमी निर्वाचनमा काँग्रेसले मुलुकको नेतृत्व गर्ने हैसियतामा पु¥याउनका लागि युवाले अगुवाई गर्नुपर्ने बताउनु भयो । ‘अब युवाको काँधमा जिम्मेवारी आएको छ, गाउँ टोलमा जागरण फैलाउँदै पार्टीलाई बलियो बनाउनुहोस् र आगामी निर्वाचनमा काँग्रेसलाई मुलुकको नेतृत्व गर्ने तहमा पु¥याउनुहोस्, तपाईहरुको साथमा म छु , उहाँले भन्नुभयो ।’ उहाँले निर्वाचनमा आएको परिणामवाट विचलित नभई संगठन विस्तार सँगै पार्टीका गतिविधीलाई जनतामुखी बनाउन तरुण युवाहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस देविस्थानका सभापति नारायणप्रसाद श्रेष्ठ, स्थानीय तहको निर्वाचनका उपविजेता किरणप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जिवन भुषाल क्षेत्री, नेपाली काँग्रेसका नेता बालचन्द्र पौडेल, नेपाली काँग्रेस पर्वतका पूर्व उमाकान्त उपाध्याक्ष, नेपाली काँग्रेस देविस्थानका सचिव प्रकाश पाध्य लगायतले बोल्नुभएको थियो । नेपाल तरुण दल फलेवास नगर समितिका अध्यक्ष दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष अच्चुत कृष्ण श्रेष्ठ र कार्यक्रमको संचालन प्रेश युनियन पर्वतका सचिव साजन परियारले गर्नुभएको थियो ।