गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाहमुखी कृषि पद्धतिले गर्दा देशको कृषि नाफामूलक बन्न नसकेको बताउनुभएको छ ।
“परम्परा देखि नै निर्वाह तथा गुजरे कृषिलाई हामीले अगल्यौँ वेग्नासमा रोपाई महोत्सवलाई सम्बोधन गद मन्त्री लम्सालले भन्नुभयो” यसले गर्दा किसानहरुले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन्,गुजारामुखी कृषि प्रणालीमा परिवर्तन गरी किसानलाई कृषि उद्यमी बनाउनु आजको आवश्यकता हो” ।
अब किसानले कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्नेमा जोड दिदै कृषि उत्पादनका साधनहरु भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कमाउने तर्फ उद्यमी किसानले जान्नुपर्ने बताउनुभयो ।
पर्यटन मन्त्री लम्सालले कृषि र पर्यटनको माध्यम बाट देशलाई सम्पन्नशादी बनाउन सकिने बताउनुभयो । नेपालमा विकासको आधार भनेको कृषि पर्यटन भएको बताउदै नेपालीको सरल जीवनशैली, हिमाल पहाड र तराईमा भएको विविधतायुक्त भौगोलिक बनावटमा पाइने बिभिन्न धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, जीवनशैली र फरक फरक कृषि प्रणाली कृषि पर्यटन विकासका मुख्य आधार भएको बताउनुभयो । खेतीयोग्य जमिन बाझो हुदै जानु, बेरोजगारी, अगुवाको विदेश पलायन अहिले नेपालको जटिल समस्या बन्दै गईरहेको वर्तमान अवस्थामा राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गासमेत साबित हुने दाबी गनुभयो ।
सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य दिपक कोईरालाले निर्यातमुखी कृषि प्रणालीमा जोड दिनुभयो ।






