सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयको माग - News site from Nepal
सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयको माग

पोखरा महानगरपालिकाको सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् ।
पोखराको दक्षिण भेगमा पर्ने घाट सञ्चालन गरि नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको वस्ती सहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने भन्दै स्थानीय वासिन्दाले आक्रोस व्यक्त गरेका छन् ।
स्थानीयवासी इन्द्र गौचनले नदीजन्य वस्तु उत्खननले यस क्षेत्रको बस्ती जोखिममा परेको बताउनु भयो ।
पृथ्वीराजमार्ग समेतलाई उत्खननले जोखिमपूर्ण बनाएको बताउँदै उहाँले यसको संरक्षणमा तत्कालन राज्यको चासो पुग्नु पर्ने बताउनु भयो ।
अर्को स्थानीयवासी रमा कार्कीले चार बर्ष अघिदेखि बन्द भएको खानी यहि पुस १५ गतेबाट पोखरा महानगरपालिकाले पुन सञ्चालनमा ल्याएको जानकारी दिदै सो क्षेत्रको समग्र संरक्षणका लागि खानी बन्द गर्नु पर्ने टोली समक्ष अनुरोध गर्नुभयो ।
कास्की जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा सहितको टोली सो क्षेत्रको अनुगमनका लागि पुग्दा भौगोलिक संरक्षणका लागि स्थानीयले घाट बन्द गर्न आग्रह गरे ।
पोखरा ३३ का अध्यक्ष शिबप्रसाद आचार्यले यहाँको झण्डै २०० रोपनी सार्वजनिक जग्गा अतिक्रमण हुन लागेको जानकारी दिदै घाट सञ्चालनमार्पmत भएको आम्दानी सो क्षेत्रको संरक्षणका लागि उपयोग गर्ने गरि सम्झौता भएको बताउनु भयो ।
खानी सञ्चालन गर्दा पर्न सक्ने जोखिम समेतलाई नियाल्दै महानगरपालिकाले व्यक्तिगत जग्गालाई छोडदै प्रविधिक समेतको सल्लाहमा सिमाङकन गरि उत्खनन हुने क्षेत्र छुट्याएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
अनुगमन पश्चात जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीले स्थानीयवासीको माग समेतका आधारमा आवश्यक व्यवस्थापनका लागि महानगरपालिका संग समन्वय गरिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!