
१४ माघ, पोखरा ।
फेवातालको आकार बढाउने अभियान सुरु भएकाे छ। डोजरको सहायताले खहरे स्थित तालमा जमेको माटो हटाउन साेमबार देखि सुरु गरिएको हो । अहिलेलाई करिब ४ रोपनी जग्गामा थुप्रिएको माटो हटाउने पाेखरा महानगरपाफरलिकाले जनाएको छ । जुन २० हजार घनमिटर बराबर रहेको बताईन्छ । महानगरले पहिलो चरणमा खहरे र फिर्के जोडिएको ठाउँबाट माटो निकाल्न लागेको जनाएको छ । सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न प्रदेश सरकार र स्थानीय सरकार अग्रसर भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार एक कार्यक्रमबीच अभियानको थालनी गर्दै संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा फेवा संरक्षण गर्ने बताउनुभयाे ।
फेवाताल संरक्षण र अतिक्रमणबाट रोक्न प्रदेश सरकारले एक्सन कमिटी गठन गरिसकेको जनउदै कमिटीले सर्वोच्चको निर्णय अनुसार काम थाल्ने उहाँको भनाइ छ । सरकारले यश अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा सम्बन्धित क्षेत्रका सांसद र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई समेटेर ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । अहिले गठन भएको एक्सन कमिटीले ६ महिनाभित्रै सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने छ ।