बागलुङ, १३ माघ – बागलुङे कलाकार गायक प्रेम श्रीस मगर ‘विहुँकोेटे साईलो’
ले आफ्नै स्वरमा तयार पारिएकोको बागलुङको पुरानो संस्कृति झल्काउने सालैजो
वोलको ‘जन्मेको गाउँ’ गीतको अडियो सार्वजानिक भएको छ । गण्डकी प्रदेशका
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले काँठेखोला–५
विहँुमा शनिवार आयोजित एक कार्यक्रमका विच ‘जन्मेको गाउँ’ गीतको अडियो
सार्वजानिक गरे । अडियो सार्वजानिक गर्दै मन्त्री लम्सालले सालैजो
धौलागिरीको पुरानो संस्कृति भएको वताए । कला, संस्कृतिको संरक्षण गर्दै
अगाडि बढ्न सकेमा नेपाललाई सांस्कृतिक पर्यटक पनि भित्राउन सजिलो हुने र
त्यसमार्फत पनि आयआर्जनमा समेत टेवा पुग्ने मन्त्री लम्सालले भनाई थियो ।
नेचर र कल्चर दुवै हाम्रा सम्पती हुन, मन्त्री लम्सालले भने–यसको संरक्षण र
समवद्र्धन गर्ने दायित्व पनि हामी सवैको हो ।
अडियो सार्वजानिक कार्यक्रमममा आफ्नै भनाई राख्दै कलाकार श्रीसमगरले
जन्मेको गाउँ आफ्नो यसक्षेत्रतर्फको प्रयाश भएकाले यसलाई सुनेर सल्लाह
सुझाव दिन आग्रह गरे । हामी कलाकारहरु संस्कृतिलाई बचाई राख्नुपर्छ भन्ने
अभियानमा छौ, कलाकार बिहुँकोटे साईलोले भने–मलाई यसतर्फ लाग्न प्रेरणा दिने
र सहयोग गर्ने सवैमा आभारी छु । ताराखोला डिजिटल फिल्मस् प्रा.लि.को
ब्यानरमा तयार पारिएको यो गीतको शब्द कलाकार स्वयम प्रेम श्रीस मगर विहँकोे
साईलोको रहेको छ भने स्वर विहुँकोे साईलो र गायिका सरु पुनको रहेको छ । जय
नेपाल फिल्मस् प्रा.लि.ले दृष्य निर्माण गरेको यो गीतमा लय कमल जिएम,
स्टुडियो प्रिज्म श्रीपाल र विशेष सहयोगीमा शिव शर्मा सुवेदी, टंक केसी,
गोविन्द केसी र रुपा पुन रहेका छन । गायक श्रीसले रेशु मगर, वुद्धिमाया
पुन, निरु विरहीप्रति विशेष आभार प्रकट गरेका छन ।