ठाकुर रसाईली
पर्वत–गाउँगाउँमा कार्यकर्ता भेटघाटमा लागेको नेपाली कांग्रेस पर्वतको गाउँ जागरण अभियान आज बाट फेरि सुरु भएको छ ।
केही दिन अघि पर्वतको क्षेत्र नम्बर २ दक्षिणका गाउँ गाउँमा जागरण अभियानमा कार्यकर्ता भेटघाटमा पुगेको कांग्रेस आज फेरि क्षेत्र नम्बर १ कुश्मा नगरपालिका १ पाङ्ग र कुश्मा २ खुर्कोटमा कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका कांग्रेस नेताहरू गाउँगाउँमा पुग्दा स्थानीय जनताहरुले आफ्ना दुःख सुख साट्दै खुसी भएका छ्न । जागरण अभियानमा प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङको प्रमुख आतिथ्यतामा नेताहरु गाउँगाउँ पुगेका छन् ।
जागरण अभियानमा कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङ, नेपाली कांग्रेसका केन्द्रिय पुर्व मुख्य सचिब ऋषिकेस तिवारी, महासमिति सदस्य वसन्त बहादुर सि.के. पुर्व जिबिस उपसभापति एवं कांग्रेस नेता राम शर्मा पौडेल, कांग्रेस नेता जीत बहादुर नेपाली, महासमिति सदस्य मिना के.शी. कांग्रेस नेतृ रेखा गुरुङ, नेपाली कांग्रेस पर्वत काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष जीवन भुसाल लगायत रहनुभएको छ । कुश्मा नगरपालिका २ खुर्कोटमा भएको कार्यक्रममा वडा अध्यक्ष यदुनाथ बास्तोला, स्थानीय कांग्रेस नेता द्रोणराज उपाध्याय, छत्रराज रेग्मी, कल्याण सुवेदी, नबराज पौडेल लगायतले आफ्ना कुरा राख्नुभएको थियो ।
पार्टी सभापति कालिभक्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गुप्तनिधी शर्माले गर्नुभएको थियो । त्यस्तै कुश्मा नगरपालिका १ पाङमा भएको कार्यक्रममा स्थानीय कांग्रेस नेता हेम शर्मा, रमेश सुवेदी लगायत जनताहरुले आफ्ना कुरा राखेका थिए । पाङका कांग्रेस पार्टी सभापति खगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत किष्ण प्रसाद रिजाल र संचालन शिरि प्रसाद शर्माले गर्नुभएको थियो ।






