९२ वर्षकि अमेरीकन नागरीक ज्याक्कीले गरीन मोती पुस्तकालयको अवलोकन - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास – ९२ वर्षकि अमेरीकन नागरीक ज्याक्कीले मोती सामुदायिक पुस्तकालयको भ्रमण गरेकि छिन् । विहिबार पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहको पुस्तकालयमा पुगेर ज्याक्किले प्रत्यक्ष पुस्तकालयको भ्रमण तथा अवलोकन गरेकी हुन् ।
रिड नेपालको समन्वय र मोती सामुदायिक पुस्तकालयको सहजिकरणमा ज्याक्कीले आफु पुस्तकालयको अवलोकन गर्न फलेवास आईपुगेको बताएकी छिन् । ज्याक्किसंगै ६५ वर्षकी हर्लण्ड र ६५ वर्षकै कृष्टिन नाम गरेका नागरीकले पनि पुस्तकालयको अवलेकोकन गरेका थिए । उनिहरु भने नर्वेका नागरीक रहेको बताईएको छ । धेरैजसो विदेशि नागरीकहरु सगरमाथा र नेपालका अन्य धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गर्न आउने गरेको बताउँदै ज्याक्कीले आफुहरु भने नेपालका पुस्ताकालयहरुको अवलोकन र भ्रमणको निम्ति आएको जानकारी दिएकी थिईन् ।
ज्याक्कि लगायतका विदेशि नागरीकहरुले पुस्तकालयसंँगै रेडियो पर्वतको स्टुडियो लगायतका यहाँका संघसंस्था र ठाउँहरुको अवलोकन गरेका थिए । अवलोकन पश्चात उनीहरुले अन्य पुस्तकालयहरुको तुलनामा मोती सामुदायिक पुस्तकालय व्यवस्थित र आकर्षक रहेको बताएका थिए । उनीहरुले पुस्तकालयका विभिन्न कक्षहरुको अवलोकन गर्दै त्यहाँको विगत, वर्तमान र भावि रणनितिहरुको बारेमा व्यवस्थापन समितिका पदाधिकारी र पूस्तकालयका कर्मचारीहरुका विच अन्र्तक्रिया गरेको थिए ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै ज्याक्कीले आफुहरुलाई यो ठाउँ र यहाँका संघ सस्थाहरु अत्यन्तै मन परेको बताउँदै अबको ६ महिनापछी पुनः पस्तकालयको अवलोकन गर्न आउने बताएकी थिईन् । ज्याक्किको समुहमा आएका नागरीकहरुलाई यहाँका स्थानीयहरुले फुलमाला द्धारा भव्य स्वागत गर्दै मौलिक सँस्कृति झल्किने लाखे नाच र भजन प्रस्तुत गरी भरपूर मनोरञ्जन समेत प्रदान गरेका थिए । उनीहरुले नेपाली गित संगितमा रमाउँदै छमछमी नाचेर मनोरञ्जन लिएका थिए । ज्याक्किसँगै काठमाडौबाट रिड ग्लोवलका अध्यक्ष सम्झना श्रेष्ठ, कन्ट्रि डाइरेक्टर अर्जुन महर्जन, सह–संयोजक चिनकाजी श्रेष्ठ, कार्यक्रम संयोजक भाग्यश्री विष्ट समेतको उपस्थिती रहेको थियो । पस्तकालयले विगतका धेरै वर्ष पहिलेदेखीनै रिड नेपालसंग जोडिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
आगन्तुक पाहुनाहरुलाई पुस्तकालयका संँस्थापक अध्यक्ष भोलानाथ शर्मा र बरिष्ठ लाईब्रेरीयन इन्द्र प्रसाद शापकोटाले पुस्तकालयको बारेमा सम्पूर्ण जानकारी गराएका थिए । विदेशि नागरीकहरुलार्ई नेपाली भाषा बुझ्न कठिन हुने भएकाले यहाँको सम्पूण वस्तुस्थतीबारे रिड ग्लोवलका अध्यक्ष सम्झना श्रेष्ठले उनिहरुले बुझ्ने भाषाको प्रयोग गरी समग्र जानकारी आदानप्रदान गर्नुभएको थियो । विदेशी नागरीक ज्याक्की लगायतको टिमले आफ्नो पूस्तकालयको अवलोकन गरीदिएकोमा खुसी व्यक्त गर्दै संँस्थापक अध्यक्ष भोलानाथ शर्माले धन्यवाद संगै नेपाल भ्रमणको थप शुभकामना व्यक्त गर्नुभएको थियो ।
अवलोकन पश्चात फर्किने क्रममा ज्याक्कि, हर्लण्ड र कृष्टिनले यहाँको सँस्कृती र चालचलन आफुहरुलाई निकै मन परेकोले यस क्षेत्रमा आफुहरुले केही कार्यक्रमहरु गर्ने उद्धेश्यका साथ पुन जेडिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!