पर्वतमा सञ्चार माध्यमको अवस्था, चुनौती र सम्भावनाबारे अन्तरक्रिया सम्पन्न  - News site from Nepal
पर्वत– प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वतको समन्वयमा पर्वतमा सञ्चार माध्यमहरुको अवस्था, चुनौती र अवसर तथा भावी रणनीतिको  बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बदलिँदो परिवेश, आर्थिक मन्दि, पछिल्लो सरकारका नीति लगायतका कारण सञ्चार क्षेत्रमा परेको भाव र यसको सवलिकरणका लागि आगामी दिनमा सरकारले निर्धारण गर्नुपर्ने योजनाका बारेमा गहन छलफल गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिन तथा आगामी योजनाहरू निर्माण गर्न जिल्ला जिल्लामा पुग्न थालेको बताउनुभयो । “सञ्चार माध्यमहरुको अहिलेको अवस्था के हो, पत्रकारहरुलाई के आवश्यक छ भन्ने कुरा जानकारी लिएपछि मात्रै नीति बनाउन सहज हुन्छ” भण्डारीले भन्नुभयो “स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपन र व्यावसायिक विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत पहल गर्नका लागि सञ्चार माध्यमको अवस्था जान्न मिडिया उद्यमीहरुलाई समेत आकर्षति गर्ने खालको नीति ल्याउन योजना बनाउन थालिएको होे ।” उहाँले भन्नुभयो ।
छलफलका क्रममा संचार माध्यमका संचालक तथा सहभागीहरूले स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन तीनै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । उनिहरुले प्रेस रजिष्ट्रार कार्यालयले पनि स्थानीय स्तरका सञ्चारमाध्यमलाई लक्षित गरी दीर्घकालीन योजना, अनुदान, तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । धेरैजसो मिडिया उद्यमीहरुले मिडियाको अवस्था धरासायी बनेको बताएका छन् ।
कार्यक्रममा शेयरकास्ट इनिशियटिभ नेपालका सिईओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्य, सेन्टर फर मिडियाका संचालक एवं मिडिया अनुसन्धानकर्ता डा. भुमिराज चापागाईले पछिल्लो परिवेश अनुसार मिडियाहरु चल्न आवश्यक रहेको बताएका छन् ।  सञ्चार माद्याहरुले दर्शक, श्रोता र पाठकहरुले चाहेजस्तो कन्टेन्ट बनाउन सकेमा पत्रकार तथा सञ्चारमाध्यम टिकाउनका लागि कठिन नहुने बताउनुभयो ।
पाठक–श्रोताहरुले चाहेको विषय बस्तु उत्पादनमा ध्यान दिन उहँहरुलेआग्रह गर्नुभएको थियो । छलफलमा परम्परागत शैलीबाट बाहिर निस्केर डिजिटल युगअनुसार सञ्चारमाध्यमले आफूलाई रूपान्तरण गर्नुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरका रूपमा लिँदै विश्वसनीयता कायम राख्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । सहभागी संचालक तथा पत्रकारहरुले खोजमूलक पत्रकारिता, स्थानीय मुद्दाको प्राथमिकता र नागरिक सहभागितालाई बढवा दिन लाग्नुपर्नेमा जोड दिएका छन् ।
पत्रकारहरुले गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कर्याक्रममा समेटनुपर्ने योजना तथा कार्यक्रमवारे समेत सुझाव दिएका थिए ।
प्रेस रजिष्टार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र सचिब साजन परियारको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकारहरु राजेन्द्र पहाडी, सन्तोष थापा, गणेश पौडेल, प्रनिश गिरी, माया अधिकारी, विष्णु गौतम, गणेश पौडेल लगायतले विभिन्न बिचारहरु राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!