पर्वतको फलेवासमा चट्याङ लागेर एक महिलाको मृत्यु  - News site from Nepal
पर्वतको फलेवासमा चट्याङ लागेर एक महिलाको मृत्यु 
पर्वत, १२ वैशाख : पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँकी ५५ वर्षीया सिता लामिछानेको आज विहान मृत्यु भएको हो । शुक्रबार साँझ करिब ६ बजे परेको चट्याङबाट गम्भीर घाइते भएकी लामिछानेको आज शनिवार विहान ५ः४० बजे प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार खाना बनाउने क्रममा घरभित्र बसिरहेकै अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस हुनुभएको थियो ।
घाइते लामिछानेलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक पटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!