दुःखद खबर ! पर्वतको उराममा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु - News site from Nepal
दुःखद खबर ! पर्वतको उराममा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ५ उराममा ट्याक्टर दुर्घटना हुँदा मंगलवार दिउँसो दुई जनाको मृत्यु भएको छ ।
ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटना स्थलमै र केसीको उपचारका क्रममा स्याङजा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ट्याक्टरका चालक भने सकुसल रहेको र अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सडकको छेउको जमिन भासिएका कारण दुर्घटना भएको स्थानीय बलराम केसीले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको पर्वतका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!