पर्वतको वराचौर गण्डकी प्रदेशकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा - News site from Nepal


माधब पराजुली,पोखरा
पर्वतको विहादी गाउँपालिका वडा नं. २ वराचौर गण्डकी प्रदेशकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा भएको छ । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ उक्त वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको हो ।
घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई शुक्रवार एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि प्रसाद भुषालले जानकारी दिनुभयो ।
गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।
गण्डकी प्रदेशका कुने पनि वडाहरु अहिले सम्म ‘पूर्ण संस्थागत सुत्केरी’वडा घोषणा हुन सकिरेहेका छैनन् ।
‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्रदेशका कुनैपनि वडाहरु ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा नभएको अवस्थामा उक्त वडा यसरी घोषणा हुनु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।
महिनौ देखि उक्त वडामा स्थलगत अध्ययन भएको र सोही अध्ययन प्रतिवेदन अनुसार उक्त वडा लाई शुन्य होम डेलीभरी वडा भएको पाईएपछि ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा गरेको बताउदै भुषालले गाउँपालिकाका जतिपनि स्वास्थ्य संस्थाको स्तरोन्नति गर्नतर्फ लागेको बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद कुवँरले विहादी गाउँपालिका वडा नं. २ को नतिजाले मानिसमा चेतना समेत बढेको पाईएको बताउनुभयो ।
एक तथ्यांक अनुसार विहादी गाउँपालिकामा अस्पतालमा सुत्केरी हुनेको संख्या ६० प्रतिशत छ । अझै पनि पहाडी क्षेत्रमा अस्पताल जाने चलक कम छ । अस्पतालमा ढिलो गरी पुग्ने अबस्थाले कतिपय जोखिम हुने गरेको छ । सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउने संख्या ९० प्रतिशत र्पुयाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी,स्वास्थ्य संयोजक हरिप्रसाद भुसाल, सह संयोजक जीवन तिवारी,कार्यपालिका सदस्य खैसरा दर्जी लगाएतले बोल्नुभएको थियो । वडाध्यक्ष आम प्रसाद कुवरँको अध्यक्षता,बर्राचौर स्वास्थ्य चौकी कि अनमी सिता नेपालीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!