कुस्मा दुर्लुङ्ग सडक कालोपत्रे शुरु, साँसद गिरीद्धारा शिलन्यास - News site from Nepal

पर्वत /पर्वतको कुस्माबजारलाई दुर्लुङ्ग सम्म जोड्ने कुस्मा दुर्लुङ्ग सडकको ८ किलोमिटर कालोपत्रे हुने भएको छ ।
कुस्मा देखि कुस्मा दुर्लुङ्गको पदम खोल्सी सम्म ८ किलोमिटर कालोपत्रे हुने भएको छ । सडक कालोपत्रे गर्ने कार्यको प्रतिनिधीसभाका सदस्य पदम गिरीले शुक्रबार शुभारम्भ गरे ।
सडक कालोपत्रे गर्नका लागि गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट बजेट बिनियोजन गरेको छ । यस बर्ष प्रदेश सरकारको १ करोड र संघीय सरकारबाट रणनितीक महत्वका सडक अन्र्तगत सडक डिभीजन कार्यालय बागलुङ्गबाट थप २ करोड बजेट बिनियोजन भएको छ ।
कालोपत्रे गर्नका लागि अहिलेको बजेट पर्याप्त नभएपनि संघीय सरकारबाट थप बजेट बिनियोजन गराएर पनि ८ किलोमिटर सडक कालोपत्रे नै गरेर छाड्ने साँसद पदम गिरीले प्रतिबद्धता जनाए ।
उनले भने ‘कुस्मा –दुर्लुङ्ग सडक जुनसुकै हालतमा पनि कालोपत्रे गरि छाड्ने मेरो प्रतिबद्धता हो’ उनले भने ‘चालु आर्थिक बर्षमा नै नभएपनि अर्को बर्ष सम्म सकिन्छ’ उनले कुस्मा –दुर्लुङ्ग सडक निर्माणका लागि यस अघि पहल गर्नुहुने तत्कालिन जिल्ला बिकास समितिका सभापति रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, पुर्व सहायक मन्त्री क्षेत्रबहादुर गुरुङ्ग, तत्कालिन सडक निर्माण समितिका अध्यक्ष गमबहादुर गुरुङ्ग, लगायतलाई धन्यबाद समेत दिए । उनले पर्वतका मुख्य सडक कालोपत्रे गर्ने अभियान पाँच बर्षभित्रमा पुरा हुने उनको प्रतिबद्धता थियो ।
कुस्मा –दुर्लुङ्ग सडकको यस अघि पनि कालोपत्रेको शुरुवात भएको थियो तर एक सय मिटर कालोपत्रे भएपछि रोकिएको थियो भने ग्राभेल सडकको रुपमा स्तरउन्नती समेत भएको थियो ।
सडक कालोपत्रे शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने, समाजसेवी कलावती पुरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नं ७ का अध्यक्ष सुवास पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!