
कुश्मा- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मामा पनि आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
कुश्मा वजार स्थीत साझा चोकमा एक कार्यक्रमको आयोजना गरि सोमवार कुश्मामा शाखा कार्यालयको उद्घाटन गरिएको हो । औपचारीक उद्घाटन पछि सम्वोधन गर्दै कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले आई.एम.ई.लाइफ फरक शैली र ढाचाका साथ इन्स्योरेन्स क्षेत्रमा आएको बताउनु भयो । आई.एम.ई.लाइफले इन्स्योरेन्स क्षेत्रमा विमाको पहुँच अभिवृद्धिका लागि दिगो व्यवसायको सिद्धान्त र शुशासन व्यवस्थापनमा विशेष जोड दिएर संचालनमा आएको दावी पनि गर्नु भयो । आई.एम.ई. लाइफ इन्सुरेन्सले मुलुकलाई आर्थिक समृद्धिमा टेवा दिन राष्ट्र सेवाको भावले काम गरिरहेको दावी गर्दै अभिकर्ताहरुले पनि आर्थिक सवलता साथै सामाजिक सेवाका भावले कार्य गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले धवलागिरीवाट र रेमिटान्स कारोवारवाट सुरुवात गरेको आई.एम.ई. इन्सुरेन्स क्षेत्रमा सफल हुनेमा आशा व्यक्त गर्नु भयो । उहाँले विमा कम्पनीको तिव्रतर परिस्पर्धा रहेको अवस्थामा सबैको मन जितेर आफ्नो फरक विशेषताको वजारीकरण गर्न र स्वस्थ्य प्रतिस्पर्धा गर्न समेत आग्रह गर्नु भएको थियो । कम्पनीका महाप्रवन्धक दिनेश अमात्यले देशमा मुख्य मुख्य शहरमा शाखा र शाखाबाटै पूर्णतया पोलीसी जारी गर्ने तथा मागदावी भुक्तानीका कार्यहरुको अधिकार प्रत्यायोजन सहित कार्य गरिहरेको हुँदा विमितको सेवामा प्रभावकारीता दिन सकिने बताउनु भयो ।
शाखाका प्रवन्धक शिवप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा वैंकर्स क्लव पर्वतका अध्यक्ष एवं ग्लोवल आई.एम.ई वैंक पर्वतका प्रवन्धक गोविन्द प्रसाद आचार्य, गैसस महासंघ पर्वतका उपाध्यक्ष गणेश शर्मा अधिकारी, आइ.एम.ई लाइफ इन्सुरेन्सेन्स कुश्मा शाखाको कर्मचारी सञ्जु आचार्य लगाएतले वोल्नु भएको थियो । मुलत रेमिटान्स क्षेत्रवाट आर्थिक कारोवारको क्षेत्रमा हात हालेको आई.एम.ई समुहले वैंक, अन्य वित्तीय संस्था, पर्यटन र सुचना प्रविधि हुँदै विमाका जीवन, निर्जीवन क्षेत्रमा समेत काम गरिरहेको छ । अधिल्लो साल ५० शाखा विस्तार गरेका आई.एम.ई लाइफले यस साल थप ४० शाखा विस्तार गरेको छ ।
सत प्रतिशत नेपालमै पुनर्विमा गर्ने नेपालकै पहिलो कम्पनी, माग दावि भएको तिन घण्टामै विमा दावी भुक्तानी तथा नयाँ कम्पनी मध्यमा मुनाफा गर्नमा पहिलो कम्पनीको रुपमा आइ.एम.ई लाइफले आफुलाई स्थापीत गरको कम्पनीका क्षेत्रीय प्रवन्धक प्रसान्तराज धमलाले वताउनु भयो ।