बर्थ डे मनाउने यस्तो काईदा, नमुनाका यामले यसरी मनाए बर्थडे - News site from Nepal
बर्थ डे मनाउने यस्तो काईदा, नमुनाका यामले यसरी मनाए बर्थडे

पर्वत– पछिल्लो समय जन्म दिन मनाउने परम्परा नेपाली समाजमा ब्यापक बन्दै गएको छ । बालबालिका र युवाहरु मात्रै सामाजिक अगुवा तथा बृद्धहरुले पनि बिभिन्न तवरमा जन्मदिन मनाउँछन ।
तर पर्वतका ब्यबसायिक अगुवा तथा शिक्षासेवी यामप्रसाद शर्माले भने आफ्नो ४९ औं जन्मदिनमा बिपन्न परिवारका युवालाई बाख्रा बितरण गर्नुभएको छ । नमुना आवासिय माबिका अध्यक्ष समेत रहनुभएका शर्माले कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवाका नबराज पौडेल लाई उन्नत जातको बाख्रा बितरण गर्नुभयो ।
बिपन्न परिवारका पौडेलले ब्यबसायिक रुपमा बाख्रापालन गर्न उत्प्रेरित गर्न तथा त्यसबाट हुने कमाईले घरखर्च चलाउन सहयोग पुगोस भनेर बाख्रा बितरण गरेको बताउनुभयो । बिपन्न परिवारका युवामा पनि कृषिमा ब्यबसायिक चेतना बढोस भन्ने सन्देश दिन बाख्रा उपहार दिएर जन्मदिन मनाएको हुँ अध्यक्ष शर्माले भन्नुभयो । उहाँले नमुना ब्यबसायिक कृषि सहकारीको नेतृत्व गर्दै पर्वतकै उत्कृष्ट कृषि फार्म सञ्चालन र पर्वत तथा कास्कीमा रेन्वो ट्राउट जातको माछा समेत पाल्दै आउनुभएको छ ।
अति बिपन्न परिबारका सदस्य नवराजको घरमा आमामात्रै हुनुहुन्छ । बिहानबेलुका मज्दुरीबाट हातमुख जोड्दै आउनुभएको छ । लायन्स कल्ब अफ पर्बत गुप्तेश्वरको समन्वयमा शर्माले उपहार प्रदान गर्नुभएको थियो । शर्मा क्लबका द्धितिय उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!