अबको शिक्षा व्यवाहारिक,प्राबिधिक र जनमुखी हुनुपर्छःमन्त्री लम्साल - News site from Nepal

वालिङ,स्याङजा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन भएको दावी गरेका छन् । बुधबार स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको ३९ औँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री लम्सालले खुसी नगारिक,सुखी नागरिकको लागि पर्यटन विकास अपरिहार्य रहेकोमा जोड दिए ।


पर्यटन बाट मुलुकको समृद्धिको सपना पुरा हुने बताउदै गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गर्न पर्यटन पूर्वाधारहरुको निर्माण गर्नुपर्नेमा जोड दिए । २०२२ मा २० लाख पर्यटक ल्याउने लक्ष्य लिएका छौँ, मन्त्र लम्सालले भने”त्यसका लागि भौतिक पूर्वाधार निर्माण पहिलो आधार हो । अबको तिन बर्ष भित्र गण्डकी प्रदेशका ११ ओटै जिल्लामा पर्यटन गन्तव्यको पहिचान गरि पर्यटन पूर्वाधार निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको सुनाए ।


प्रदेश भित्रका जल,जगंल,जमिन,हिमाल,पहाड,मठ,मन्दिर लगाएतका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु लाई पर्यटकीय गन्तव्य बनाउन स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारको भुमिका त्रिकोणात्मक हुनुपर्ने उनको भनाई थियो ।


दैनिक १५ सय यूवाहरु विदेश गएको स्मरण गर्दै मन्त्री लम्सालले सुनको कचौरा बोकेर बिदेश भिख माग्न जाने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । बिदेशीलाई नेपाल ल्याउने हो,नेपालीहरु ‘थ्रिडी’कामको लागि बिदेश धाउन बाध्य रहेकाले बिदेशमा गर्ने मेहनतले नेपाली उर्वर माटोमा सुन फलाउन सकिने उनको भनाई थियो ।
देशको गरिबी,पछौटेपन,हत्या,हिंसा,बलत्कारको अन्त्य गर्ने अन्तिम सरकार ओली सरकार मात्र रहेकाले नतिजा दिन ढिलाई भएको उनले बताए । सरकार गठन भएको बल्ल नौँ महिना भएको छ,सरकार सँग जादुको छडी छैन”बिस्तारै जनताले परिर्वतनको अभाष गर्ने छन् उनले भने” ।
फरक प्रसँगमा उनले अबको शिक्षा व्यवाहारिक,प्राबिधिक र जनमुखी हुनुपर्ने भएकाले प्रदेश सरकारले यस तर्फ गम्भिर भएर सोचेको बताए ।

गण्डकी प्रदेशका बिद्यायन समिति सभापति एवम् प्रदेश सभा सदस्य मोहन रेग्मीले शिक्षाको विकास विना मुलुकको विकास कल्पना समेत गर्न नसकिने बताए ।
२०३७ सालमा स्थापना भएको वालिङ बहुमुखी क्याम्पस जेठो पब्लिक क्याम्पस हो । यस क्याम्पसमा करिब १२ सय बिधार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!