पत्र-पत्रिका

कोरोनाको त्रास : भारतले आइतबारदेखि नेपालसहितका सीमानाका बन्द गर्ने

काठमाडौं : कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा...

File photo

कोरोना फैलिन्छ भनेर देशभरका कारागारमा कडाइ

काठमाडौं : कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ। जेलभित्र एकजनालाई संक्रमण भएको केही दिनमै धेरैलाई फैलिन सक्ने भएकाले भेघटघाटमा कडाइ गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। कारागार व्यवस्था विभागले देशभरिका जेलमा...

वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगार

 काठमाडौं :  वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्।पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले...

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता प्रयास गर्दै सरकार

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ। सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ।  प्रतिबन्धित...

प्रधानमन्त्रीको चाहना डिस्चार्ज

काठमाडौं : दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया गरेको घाउमा खाटा बस्दै छ। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत उनलाई डिस्चार्ज हुने चाहना छ। चिकित्सक र परिवारको सल्लाह छ, ‘धैर्य गरौं।’ ६९ वर्षीय प्रधानमन्त्री...

विप्लवसँग वार्ताभन्दा पक्राउमा ध्यान

काठमाडौं,- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन । विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई...

ओली अस्पतालमा हुँदा नेकपा अस्तव्यस्त

काठमाडौं – ‘मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद् दुबैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता-कार्यकर्ता, सांसद र लाखौ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु’ गत फागुन १९ गते मिगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना...

नेपालका पहिलो कोरोना संक्रमित भन्छन्- घरमै उपचार गराएर स्वास्थ भएँ

काठमाडौं : नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका समाचार नेपाल समाचारपत्र...

होली खेले कोरोनाको जोखिम

काठमाडौं : कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ। तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना...

कोरोना भाइरस हातमा २० मिनेट बाँच्छ, बच्न के गर्नुपर्छ ?

  काठमाडौं : कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको समाचार गोरखापत्र दैनिकमा छ। भाइरसबाट प्रभावितले...