पत्र-पत्रिका

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

इटहरी – अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक

काठमाडौँ, मङ्सिर १६ गते । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ...

देउवालाई ‘सच्चिन’ संस्थापनबाटै दबाब

काठमाडौँ – कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका सदस्यले नै सभापति शेरबहादुर देउवामाथि सच्चिएर अघि बढ्न दबाब दिएका छन् । विगतमा सभापति देउवाका लागि रक्षात्मक रूपमा प्रस्तुत हुने सदस्यहरूले नै यस पटक उनलाई कार्यशैली सुधारेर...

माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो, नेतृत्वदेखि स्थानीय तहसम्मका नेता कमाउने धन्दामा

काठमाडौँ — माओवादीले पार्टीभित्र आर्थिक अपारदर्शिता बढ्दै गएको निष्कर्ष निकालेको छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेतामा ‘नवधनाढ्य’ चिन्तन हावी भएको, श्रमजीवी वर्गीय चरित्र ह्रास भएको केन्द्रीय समितिले प्रस्ताव पारित गरेको छ । केन्द्रदेखि स्थानीय नेतासम्म कुनै न...

इन्धनमा अत्यधिक सेवा शुल्क र कर, उपभोक्तालाई अनावश्यक भार

काठमाडौँ – सरकारले इन्धनमा स्वचालित मूल्य राखे पनि अत्यधिक कर र सेवा शुल्कले उपभोक्तालाई भार परेको छ । पेट्रोल प्रतिलिटर ६३ रुपैयाँ र डिजेलमा करिब ४७ रुपैयाँसम्म सरकारी कर र आयल निगमले लागत मूल्यको २.१५...

सर्वोच्चको फैसला गठबन्धन र सरकारको टाउको दुखाइ, पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल

काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको...

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानप्रति सञ्चालकहरूको आपत्ति

काठमाडौँ – निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न सञ्चालकहरूले दबाब दिएका छन् । गत साता मन्त्रिपरिषद्बाट पास गरेर संसद्मा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी...

काँग्रेसको नीति महाधिवेशन मंसिरमा

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठक (नीति महाधिवेशन) मंसिरमा गर्ने भएको छ। केन्द्रीय समितिले लिने निर्णयका विषयमा मंगलबार बसेको पदाधिकारी बैठकमा महासमितिको बैठक मंसिरमा बोलाउने समझदारी भएको हो। मिति भने सभापति शेरबहादुर देउवाले थप परामर्श...

सत्तापक्षकै सांसदबाट संकटमा बजेट

काठमाडौँ – सरकारले ल्याएको बजेटमा सत्तापक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने अभ्यास देखिँदै आएकामा यस पटक सत्तापक्षकै सांसदले चर्को विरोध गरिरहेका छन् । बजेटमा भइरहेको हरेक दिनको छलफलमा सत्तापक्षका कोही न कोही सांसदले आलोचना...

दाउपेचमै बिते प्रधानमन्त्री दाहालका १०० दिन

काठमाडौँ –  पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि पुष्पकमल दाहालले दोहोर्‍याउँदै आएका छन्, ‘यस पटक देशले सम्झने गरी काम गर्छु । काम धेरै गर्छु, भाषण कम ।’ तर यस्तै भाषण गर्न उनले हरेक दिन दुई–तीनवटा...