ओली अस्पतालमा हुँदा नेकपा अस्तव्यस्त - News site from Nepal
ओली अस्पतालमा हुँदा नेकपा अस्तव्यस्त

काठमाडौं – ‘मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद् दुबैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता-कार्यकर्ता, सांसद र लाखौ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु’ गत फागुन १९ गते मिगौला प्रत्यारोपणका

लागि अस्पताल भर्ना हुनुअधि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।

विश्वास गरेझै नेकपा क्रियाशील हुन सकेन । किन त ?
केन्द्रीय सदस्य उर्मिला अर्याल भन्छिन्, ‘पार्टी संगठनका हिसाबले सामूहिकताभन्दा पनि नेताहरूको व्यक्तिगत बाहनामा चल्न थालेको परिणाम हो यो। उनले पार्टी सांगठनिक एकताका थुप्रै काम बाकी भए पनि मुल नेतृत्वको उदासीनताका कारण धकेलिदै गएको बताइन् ।

‘मुल नेता बिरामी भएपछि जिम्मेवारी कार्यकारी अध्यक्षलाई दिएको भए हुन्थ्यो या सचिवालयको टिमले पार्टीको काम गर्ने जिम्मा लिएको भए हुन्थ्यो,’ उनले भनिन्, ‘यो आफू नहुँदा पार्टी चलाउन नदिनेजस्तो देखियो ।’
गत माघ १५ देखि १९ गतेसम्म काठमाडौंमा भएको नेकपा केन्द्रीय कमिटी बैठकले पार्टीको सांगठनिक एकताको काम १५ दिनभित्र सक्ने निर्णय गरेको थियो ।

सांगठनिक एकता सकिएपछि पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन र आयोगहरूले पूर्णता पाउने र उनीहरूले काम शुरू गर्न सक्ते नेताहरूको आँकलन थियो । केन्द्रीय कमिटीमा छलफलको मुख्य विषय बनेको नेताहरूको सम्पत्ति छानबिनको विषय अनुशासन आयोगले अध्ययन गरेर टुंगो लगाउने निधो नेताहरूले गरेका थिए। तर पार्टी निर्णयको एक महिना नाघिसक्दा पनि नेताहरू निर्णय कार्यान्वयन त के छलफलमा समेत जुटेनन् ।

बरु पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने वा युवराज खतिवडालाई दोहोऱ्याउने भन्नेमा दगलफसल गरे । यो विवाद अहिलेसम्म जारी छ।

यही कारण पार्टीको अरू विषय निष्क्रियजस्तै बनेको नेताहरू बताउँछन् । महासचिव विष्णु पौडेलले भने नेकपा क्रियाशील नै रहेको दाबी गरे। ‘पार्टीमा छलफल भइरहेको छ, निर्णय कार्यान्वयन गर्न केही ढिलाइमात्रै भएको
छ तर रोकिएको छैन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!