निर्वाचनको तयारीमा होमियो पर्वत एमाले, आज विस्तारित बैठक, ११ जना मनोनित, भोलीदेखि अभियान  - News site from Nepal
पर्वत– नेकपा एमाले पर्वत आसन्न फागुन २१ गतेको निर्वाचनमा होमिएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा टोल, वडा तथा पालिका कमिटिका विस्तारित बैठक सम्पन्न भएका छन् भने आज जिल्ला कमिटिको विस्तारित बैठक बस्ने भएको छ ।
पर्वत एमालेवाट पदम गिरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । अघिल्ला दुई निर्वाचन लगातार क्लिनस्वीप परेको एमालेले यस पटक पनि ह्याट्रिक गर्ने सोच बनाएको छ । यसपटक पनि गिरीको बिजयी सुनिश्चित गराउनका लागि आवश्यक तयारी हरु भैरहेको एमाले जिल्ला कमिटि सचिब सुवासचन्द्र पौडेलले बताउनुभयो ।
आफ्‌नो दलभित्रका मतहरुलाई एकीकृत गर्दै विपक्षी पार्टीका मतहरुलाई समेत आकर्षित गर्नेगरी रणनीति  निर्माण गर्ने योजना बनाईएको उहाँले बताउनुभयो । अघिल्लो पटक गठवन्धन तोडेर जीत हासिल गरिएकोमा यस वर्ष अझै सहज रहेको उहाँको भनाई छ ।
एमाले उम्मेदवार गिरीले यस पटक चार हजार भन्दा बढिको फराकिलो अन्तरले बिजयी हुने दावी समेत गर्नुभएको छ । यसका लागि एमालेका नेता कार्यकर्ताहरुलाई तल्लो तहसम्म पुगेर नागरिकहरुसँग एमालेका बिचार, सिद्धान्त र पार्टीको नेतृत्वमा भएका कामहरु र आगामी योजनाहरुको बारेमा मसिनोगरी प्रचार प्रसार गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । एमालेले भोलीदेखि चुनावी अभियानका लागि गाउँ छिर्ने योजना बनाएको छ ।
यसैबीच नेकपा (एमाले) जिल्ला कमिटि सदस्य पदमा थप ११ जना मनोनीत भएका छन् । नेकपा एमालेको पुष १० गतेको वैठकले थप ११ जना जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गरेको एमाले पाटी सचिव सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।
एमालेले भिर्नि झोलाका गायक तथा प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष कृष्ण अखेली सहित ११ जना सदस्यलाई जिल्ला कमिटि सदस्यमा मनोनीत गरेको हो ।
एमालेले मोदी गाउँपालिकाबाट कुमारी पुन, तेजबहादुर क्षेत्री, कुश्मा नगरपालिकाबाट शिवलाल सार्की, , मिन प्रसाद श्रेष्ठ, हरीओम लामिछान, नवराज गिरीे, रुद्र सुवेदी, देवीप्रसाद अधिकारीलाई मनोनित गरेको छ । ययसैगरी एमालेले जलजला गाउँपालिकाबाट बाबुराम कार्की र महाशिलाबाट पूर्णबहादुर मल्ललाई मनोनीत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!