पर्वत – पर्वतको फलेवास नगरपालिकाले खाद्य सुरक्षा तथा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण गर्ने प्रक्रिया अघि बढाएको छ।
चालू आर्थिक वर्ष २०८३/८४ मा गण्डकी प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रकमबाट नगरपालिकाले कुल ४० लाख रुपैयाँ बराबरको बजेट कृषि सामाग्री वितरणमा खर्च गर्न लागेको हो। यस कार्यक्रम अन्तर्गत नगरभित्रका इच्छुक कृषक, कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीहरूलाई मिनीटेलर, कुटानी-पिसानी मिल र विद्युतीय मकै छोडाउने औजारहरू वितरण गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै इच्छुक आवेदकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी २०८३ साल भदौ २३ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न आह्वान गरेको छ। आवेदन दिनका लागि कृषकहरूले कृषि तथा पशुसेवा सम्बन्धी कार्यविधि २०८१ को अनुसूची बमोजिमको निवेदन र विवरण बुझाउनुपर्नेछ। यसका साथै हालसम्म यस्तै प्रकृतिको अन्य अनुदान नलिएको स्वघोषणा पत्रको सक्कल प्रति, आवेदकको नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपि समेत अनिवार्य गरिएको छ।
दर्ता भएका कृषक समूह, फर्म वा सहकारीको हकमा भने दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। संस्थागत आवेदको हकमा कार्यक्रम सञ्चालन तथा अनुदान माग गर्ने सम्बन्धमा गरिएको समितिको निर्णयको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र समेत संलग्न हुनुपर्नेछ। यो सम्पूर्ण कार्यक्रम कृषि तथा पशुसेवा सम्बन्धी मेसिनरी, औजार तथा उपकरण वितरणसम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधि २०८१ अनुसार सञ्चालन हुनेछ। आवेदनका लागि आवश्यक पर्ने ढाँचाहरू वडा कार्यालयबाटै प्राप्त गर्न सकिने र थप जानकारीका लागि नगरपालिकाको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।