पर्वतबाट प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी दर्ता  - News site from Nepal
पर्वत ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चार जना स्वतन्त्र सहित १७ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दिनेमा १३ वटा राजनीतिक दलवाट १३ जना र चार जना स्वतन्त्र व्यक्ति हुन् । जसमध्ये नेपाली काँग्रेसवाट केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेकपा एमालेवाट केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीवाट केन्द्रीय सदस्य मनहरी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीवाट सागर भुसालको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट कृष्णबहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्हवाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भिमलाल न्यौपानेको उम्मेदवारी परेको हो ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीवाट माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीवाट यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनवाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालवाट बीरबहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी स्वतन्त्रवाट सिता देवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमालको उम्मेदवारी परेको लामिछानेले बताउनुभयो । उम्मेदवारी दर्ताका लागि शिर्ष दलहरु बाजागाजा र र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
पर्वतमा उम्मेदवारी दिएका मध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा पर्वतबाट एमाले बिजयी भएको थियो ।
पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!