पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले पहिलोपटक जिल्लामै ठुलो पुरस्कार राशिको सभेन ए साईड फुटबलको च्याम्पियन होटल बेन्जु पर्वत बनेको छ ।
आइतवार विहान सम्पन्न फाईनल खेलमा गनी एफसि पोखरालाई ०–२ गोेलको सोझो सेटमा होटल बेन्जुले उपाधि हात पारेको हो । च्याम्पियन बनेसँगै होटल बेन्जुले नगद रु. एक लाख एक हजार एक सय ११ नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
द्धितिय स्थानमा चित्त बुझाउन बाध्य भएको गनि एफसीले रु. ५१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो । भदौ पाँच गतेदेखि संचालन गरिएको खेलमा विभिन्न जिल्लाका गरी १९ समुले भाग लिएका थिए ।
प्रतियोगितामा पर्वत जेसीजका खेलाडी गगन मल्ल इमर्जिङ प्लेयर, जिरो किमी एफसिका कुन्जन गुरुङ हाई स्कोर, होटल बेन्जुका खेलाडी तक्दिर घले बेस्ट टिफेन्डर, गनि एफ.सीका मनोज गुरुङ वेष्ट मिडफिल्डर, होटल बेन्जुकै मन्दिप गुरुङ बेष्ट गोलकिपर र होेटल बेन्जुकै राहुल थापा बेष्ट प्लेयर बनेका छन् ।
बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी जिपलाइन गिफ्ट भौचर र बन्जी गिफ्ट भौचर प्रदान गरिएको थियो । साथै, विभिन्न क्लबका राष्ट्रिय स्तरका खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता वर्ष २०२५ का अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो भने संयोजनमा शाखा सम्पादक एन्जोल कर्माचार्य र कार्यक्रम संचालनमा प्रवेशराज पुरी रहनुभएको थियो ।
प्रतियोगिता सम्पन्न भएसँगै खेलकुद मार्फत युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने, प्रतिभा पहिचान गर्ने र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने लक्ष्य सफल भएकोमा अध्यक्ष पौडेलले बताउनुभयो ।






