फलेवास देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने - News site from Nepal

पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ।
नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने यस मेलामा सांगीतिक प्रस्तुति, प्रतियोगिता तथा सम्मान कार्यक्रम रहनेछन्। मेलामा लोकप्रिय कलाकारहरू सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सुरजकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेललगायतले प्रस्तुति दिनेछन्।
साथै तीज गीत प्रतियोगिता, महिलाबीच रस्साकस्सी तथा छेलो हान्ने प्रतियोगिता, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, म्यूजिकल चेयरजस्ता आकर्षक प्रतियोगिताहरू आयोजना गरिने छन्। तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु. १५,०००, द्वितीयले रु. १०,०००, तृतीयले रु. ५,००० र सान्त्वना पुरस्कार स्वरूप रु. ३,००० प्राप्त गर्नेछन्। महिलाबीच रस्साकस्सी प्रतियोगितामा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,०००, तृतीयले रु. २,००० पाउनेछन्। विद्यालयस्तरीय एकल नृत्यमा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,००० र तृतीयले रु. २,००० पुरस्कार पाउनेछन्।
फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना जेष्ठ आमालाई विशेष सम्मान गरिनेछ। आयोजकले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेलामा उपस्थित भई तीजको उल्लासमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!