लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
खेलकुद विकास समितिका अध्यक्ष पुनलाई मोदीकाली ब्याडमिन्टन संघद्धारा बधाई तथा सम्मान - News site from Nepal

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतका नवनियुक्त अध्यक्ष जंगबहादुर पुन बुद्ध सम्मानित हुनुभएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघले शनिवार एक कार्यक्रमको आयोजना गरी पुनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै बधाई समेत ज्ञापन गरेको हो । सो अवसरमा अध्यक्ष पुनले जिल्लाको खेल क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । खेल क्षेत्रमा सम्भावना नदेखेर थुप्रै खेलाडीहरु पलायन भईरहेको भन्दै अध्यक्ष पुनले अब खेलाडीलाई स्वदेशमै बस्ने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रवाट पनि मुलुकको समृद्धि र विकास गर्न सकिन्छ भन्ने सोच राखेर राज्यले खेलाडी र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै अध्यक्ष पुनले जिल्लामा खेलकुदका गतिविधिहरुलाई बढाउँदै लैजाने पनि बताउनुभयो ।
पर्वत मोदीकाली ब्याडमिन्टन संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र भ्‌सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी इन्द्रप्रसाद शर्मा, विनोद वि पोखरेल, संघका निवर्तमान अध्यक्ष भिम श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा व्याडमिन्टन खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेश खेलकुद परिषदले हालै पर्वत लगायत ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!