पर्वत- सरकारले तोकेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २१ जनाले दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेस पाटी कार्यालयमा बुधवार सम्पन्न उमेदवारी दावीका लागि २१ जनाले आवेदन दिएका हुन् । प्रत्यक्ष तर्फ एक सिटका लागि हुने निर्वाचनमा पर्वत कांग्रेसको तर्फबाट २१ जनाले आकाक्षा दरखास्त दिएको नेपाली काँग्रेस पर्वतका सचिब गुप्तनिधि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार –‘दावी गर्नेहरु वीच बसेर सहमतीको प्रयास गरिने भएको छ ।’
सहमती नभएको अवस्थामा दावी गर्ने सवै जनाको नाम केन्द्रीय समितिमा पठाउने यस अघि नै केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले बताउनुभएको छ । प्रतिनिधि सभामा निर्वाचन लड्नका लागि काँग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशीले छैटौं पटक पनि आकांक्षा ब्यक्त गर्नुभएको छ । तीन पटक प्रतिनिधि सभामा निर्वाचित जोशी दुई पटक पराजीत भईसक्नुभएको छ । जोशीसँगै प्रतिनिधि सभामा यस अघि वि.सं. २०७४ सालको निर्वाचनमा प्रदेश सभामा पराजीत हुनुभएका नवराज गुरुङले समेत दाबी पेश गर्नुभएको छ ।
बि.सं.२०७९ सालको प्रदेश सभा निर्वाचनमा पराजित ऋषीकेश तिवारीले समेत प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ दावी पेश गर्नुभएको छ । प्रतिनिधि सभामा कुश्मा नगरपालिकाका पूर्व नगर उपप्रमुख सिता काफ्ले लामिछाने तथा तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ र वि.सं.२०७४ सालकै निर्वाचनमा प्रदेश सभा तर्फ पराजीत हुनुभएका राजेन्द्र तिवारीले समेत दाबी पेश गर्नुभएको छ ।
यसैगरी जलजला गाउँपालिकाका पूर्व अध्यक्ष तथा जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यामबहादुर मल्ल र महासमिति सदस्य तथा महिला नेतृ राधाकुमारी क्षेत्री कुँवर तथा पैयू गाउँपालिकाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद तिवारीको समेत दावी रहेको छ ।
बुधवार जिल्ला कार्यालयमा भएको उमेदवारीको आकांक्षा संकलनमा कांग्रेस क्षेत्रीय कार्य समितिका सचिव तथा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, महाधिवेशन प्रतिनिधि मुना भुषाल, डा. केदार सुवेदी पूर्व सचिव विश्व प्रकाश प्रसाई, कांग्रेस नेताहरु विल्लब हमाल, मिनाकुमारी केसी, कुलप्रसाद आचार्य, जगत शकर पौडेल, राम शर्मा पौडेल र यम पि भुसाल, सुशिल न्यौपाने, रामबहादुर प्रसाई, भाष्कर शर्मा पौडेलले समेत दाबी प्रस्तुत गर्नुभएको छ ।
यसैगरी प्रतिनिधि सभा सदस्य समानुपातीक तर्फ १० जना आकांक्षी देखिएका छन् । जीतबहादुर नेपाली, सनम बेगम, कुलबहादुर पुन, लालकुमारी कार्की, अशोक उच्चै ठकुरी, जोगमाया प्रसाई, कमल प्रसाद लामिछाने, मिना कुमारी केसी, सृजना मल्ल र ललितकला गुरुङ रहेका छन् ।
यसैगरी आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यका लागि चार जनाले उम्मेदवारी दाबी गरेका छन् । दाबी गर्नेमा कृष्ण शर्मा गौडेल, हरेमबहादुर खत्री, खिमप्रसाद भुसाल र जीतबहादुर सुनार शेरबहादुर रहेका छन् ।
एक जना उमेदवारका लागि २१ जनाको आकांक्षा देखिए पछि कांग्रेस नेताहरु आन्तरीक छलफलमा जुटेका छन् । यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ आठ जना र आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा चार जनाको आकांक्षा देखिएपछि आन्तरिक छलफल शुरु भएको जिल्ला सचिब शर्माले जानकारी दिनुभयो ।






