एमालेद्धारा पर्वतको देउपुरका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान - News site from Nepal

पर्वत- जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ। विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)देउपुर, २ वडा कमिटीको दोस्रो वडा अधिवेशनको उद्घाटन सत्रमा सो सम्मान गरिएको हो । देउपुरको मोदी सभाहलमा आयोजना गरेको कार्यक्रममा १३ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।आफ्नो जीवनकालमा पार्टीमा रहेर विभिन्न काल खण्डमा योगदान गर्नुहुने ८४ बर्ष नाँघेका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको वडा कमिटीले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले ‘एमालेले विगतदेखि नै हरेक अवस्थाका नागरिकको संरक्षण र हितमा काम गरिरहेको बताउदै एमाले ज्येष्ठ नागरिकको सहारा बनिरहेको बताउनुभयो।

नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष गोविन्द पहाडीले सम्मानको लागि वडा कमिटीलाई धन्यवाद ब्यक्त गर्दैं एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले ज्येष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उहाँले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

देउपुर वडा कमिटीका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य प्रेम शर्मा पौडेल, जिल्ला कमिटी उपाध्यक्ष बिमल लामिछाने, पालिका कमिटीका अध्यक्ष हिमलाल पौडेल,लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!