लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाद्धारा सेवाग्राही सम्मानित - News site from Nepal

पर्वत – राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ बार्षिकोत्सव कुश्मा शाखामा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
बार्षिकोत्सवको अवसरमा कुश्मा शाखाका पाँच जना नियमित कारोबार गर्ने सेवाग्राही सम्मानित भएका छन् । सम्मानित हुनेमा हिमालयन हार्डवयर मल्टिपल ट्रेडर्सका संचालक शिव सुवेदी, निर्मल गहना गृहका संचालक निर्मल विश्वकर्मा, एनपि सप्लायर्सका संचादक देवि पराजुली, श्रेष्ठ फर्निचरका संचालक विषमकुमार श्रेष्ठ र श्रेष्ठ वाख्रा फार्मका संचालक शिव श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई खादा र सम्मान पत्रले सम्मान गरिएको हो ।
सो अवसरमा वक्ताहरुले मुलुकनै आर्थिक संकटमा गुज्रिएका बेला राष्ट्रिय बाणिज्य बैंकबाट सवै क्षेत्र र वर्गका सेवाग्राही लाभान्वित भएको बताएका छन् । उनिहरुले सहज रुपमा कर्जा प्रवाह र बचत कर्तालाई उचित व्याजदर उपलब्ध गराउन आग्रह गर्दै नाफामुखि मात्र नभई सेवा मुखि बन्न समेत सुझाव दिएका छन् ।
कार्यक्रममा सम्मानित हुने सेवाग्राहीका तर्फवाट शिवप्रसाद सुवेदीले मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका प्रवन्धक तोरणबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रवन्धक इन्दु रेग्मीले गर्नुभएको थियो ।
शाखा प्रमुख विश्वकर्माले राष्ट्रिय बाणिज्य बैकसँग कारोवार गरे लाभ लिन सेवाग्राहीहरुलाई आग्रह गर्नुभएको छ ।
बार्षिकोत्सवको अवसरमा केक समेत काटिएको थियो । यो शाखाले गत असोजदेखि लकर सेवा समेत संचालन गर्दै आएको छ भने मोवाईल तथा इन्टरनेट बैैकिङ्ग सेवा, एटिएम सेवा, रेमिटेन्स लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!