पर्वत, २० जेठ : पर्वतको कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाकोे ज्यान गएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा निवासी अन्दाजी ३५ वर्षिय सुजन भण्डारी को मृत्यु भएको छ ।
ट्रकको ठक्करवाट गम्भिर घाईते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केहि बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुवै जनाको टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो । दुवै मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन पटेलले जानकारी दिनुभयो ।
प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––
लक्ष्मीप्रसाद सापकोटा






