पर्वतमा समानुपातीक तर्फ पनि नेकपा एमालेनै पहिलो दल - News site from Nepal
पर्वतमा समानुपातीक तर्फ पनि नेकपा एमालेनै पहिलो दल

पर्वत – पर्वतमा समानुपातीक प्रणालीतर्फ पनि नेकपा एमाले नै ठुलो दल बनेको छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाभरी खसेका मत मध्ये सवैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ । भने दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले पाएको छ ।
पर्वतमा समानुपातिक तर्फ कुल खसेका ६७ हजार ६ सय १६ मत मध्ये नेकपा एमालेलाई २५ हजार ३ सय १४ मत परेका छन् । त्यसैगरी दोस्रोमा नेपाली काँग्रेसले १८ हजार ८ सय सत्र, राष्ट्रिय स्वन्त्र पार्टीले ९ हजार ६ सय ७९ र चौथोमा माओवादी केन्द्रले ७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले १ हजार ६ सय ९९, नेकपा एकीकृत समाजवादीले ८ सय ६१ र राष्ट्रिय जनमोर्चाले १ सय ९९ मत पाएको छ । अन्य साना दलहरुको भने न्यून रहेको छ ।
त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातीक तर्फको निर्वाचनमा पनि एमाले नै पहिलो दल बनेको छ । प्रदेश सभाको समानुपातीक प्रणालीको निर्वाचनमा खसेका कुल ६२हजार ७ सय ६५ मत मध्ये नेकपा एमालेले २७ हजार ५ सय २७, नेपाली काँग्रेसले २१ हजार ९ सय ४७ माोवादी केन्द्रले ६ हजार ४ सय ७३, राप्रपाले २ हजार १ सय ६७ र नेकपा एकीकृत समाजवादीले २ हजार २५ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाले ३ सय ३ मत र जनमत पार्टीले २ सय २४ मत पाएको छ ।
अन्य दलहरुको न्यून संख्या रहेको छ । पर्वतमा झण्डै ५ प्रतिशत मत बदर भएको देखिएको छ । प्रदेश सभा समानुपातीकमा ३ हजार २ सय ४२ र प्रतिनिधि सभा सदस्यको समानुपातीकमा २ हजार ५ सय ८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
पर्वतमा प्रत्यक्ष र समानुपातीक दुवै मत गणना भैसकेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र रहेको पर्वतमा तीनवटै सिटमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरी र प्रदेश सभा १ मा भक्त कुँवर तथा प्रदेश सभा २ मा एमालेकै उम्मेदवार मित्रलाल बस्याल निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!