जीवन विक्रम उच्चै
जब असोज लाग्थ्यो बर्षा कम हुन्थ्यो अनि दशैको चहलपहल सुरु हुन्थ्यो मैले अध्यन गरेको महेन्द्र ज्योति मा. बि. महाशिला ५ लुंखु एकपाटे रहेकोे पुरानो एकै लहरमा रहेकोे १२ कोठा भएको भबन लिप पोत टालटुल गरि कमेरो माटाेले पोति जस्लाई छ्याप्ने भन्थ्यौ यो काम गरि चिटिक्क बनाउने थियौ ।
जब दसैको पेरिफेरीमा शुक्रबार आउथ्यो घर बाट नेवाराको पातमा अलिकति गाई भैसिको गोबर बाबियोको कुचो बोकिस्कुल जानू पर्थौ कस्ले कति गोबर कमेरो कुचो ल्यायो या ल्याएन भनी रेकर्ड मनिटरले राख्नु पर्थ्यो प्रायः म नै कक्षा मोनिटरको जिम्मेवारीमा रहने थिए स्कुलमा अल्लि छिटो पुगि साथीहरू ल्याएको गोबर र कमेरो माटाे बाबियोको कुचोको रेकर्ड राख्ने थिए जब ९:४५ मा पहिलो घण्टी कर्मचारी डिल्लीराम बुबाले लगाउनु हुन्थ्यो साथीहरुलाई आफुले ल्याएको कमेरो माटाे र गोबर रेकर्ड राख्न तछाडमछाड हुने गर्थ्यो ठिक १० बजे जब दोस्रो घण्टी बज्दथ्यो स्कुलको गेट बहिरा दक्षिण तर्फको मैदानमा प्रार्थनमा जानू पर्थ्यो प्रार्थनामा को गएन भनेर आदरणीय गुरु लाल सरले लठ्ठी लिएर कक्षा कक्षामा जुल्काउदै हेर्दै हेर्दै गर्नु हुन्थ्यो यदि देख्नु भयो भने उहाँको लौरो मिठो सग चाख्ने थिए साथीहरूले आहा उहाँको प्रशासनिक तेतिबेलाको क्षमता जुन बेला त्यो समयमा निकै सान्दर्भिक थियो उहाँ आदरणीय गुरु प्रती मेरो नमन छ यो बेला कक्षामा घर बाट ल्याएर संकलन गरेको कमेरो गोबर माटाे अरु कक्षाकोले चोरेर लैजाने डरले हामी सरको अनुमतिले प्रार्थनामा नगइ केही साथीहरू कुरेर बस्नु हुन्थ्यो ।
जब प्रार्थना सकिन्थ्यो कक्षामा आएपछि कक्षा शिक्षकको निर्देशन बमोजिम आफ्नो आफ्नो कामको बाडफाड गरिन्थ्यो स्कुलमा एउटा सिल्टेको गाग्री थियो जून गाग्रीमा पानी बोक्न लैजान कक्षा कक्षाको बिचमा खोसाखोस हुन्थ्यो नजिकका साथीहरू पानी बोक्ने भाडा ल्याउन समेत जिम्मा लगाइथ्यो बिधालयमा पानीको निकै अभाव थियो तल सिमाको धारो बाट पानी करिब आधा घन्टाको उकालो पार गरि ल्याउनु पर्थ्यो मलाई याद छ हाम्रो कक्षाको सबै भन्दा बलिया मित्र समुन्द्रजी र बसन्त दाइ लाई काधमा गाग्री बोक्न लगाइथ्यो त्यो पारिमुखियाको उकालोको गौढाे उक्लनु पर्थ्यो एकपटक नसकेर काध बाट गाग्री फुत्किन पुगि बसन्त दाइ पुरै पानीले भिजेको मलाई आजै जस्तो लाग्छ यता बिधालयमा आफ्नो कक्षा कोठाले ओगटेको भाग लाई एक दुई दिन अघि भत्किएको छ भने टालटुल पार्ने र गोबरमाटाे लगाउने र सुके पछि केहि पछि सेतो कमेरो माटाे ले पोत्नु पर्थ्यो आफ्नो आफ्नो कक्षा कोठाको भाग कस्को राम्रो हुने भनी खुब प्रतिस्पर्धा हुन्थ्यो कमेरो माटाे लिन साहुघर निरको पाखो बारिमा र नाइकेपाखामा जानू पर्थ्यो कयौ पटक जग्गा धनीले देखि लखेटेर खरबारी खरबारी हस्याङफस्याङ गर्दै भागेर दौडिएको झलझली याद आउँछ जुन समयमा रहेको बिधालयको लामो कच्ची भबन जब सेतो कमेरोले पोतिन्थ्यो आह कति राम्रो र सुन्दर देखिथ्यो त्यो लामो सेतो भबन सानो भञ्ज्याङ् बाट पनि देखिन्छ भन्थे लुंखुको स्कुल कति राम्रो छ भन्थे छानो टिनले छाएको टिन पुरानो भएर होला खियालागेर रातो हुदै गएको थियो बर्षायाममा पानी चुहिएर किताब झोला जोगाउन गार्हो हुन्थ्यो पानी परेको बेला टिनको आवाजले पढ्न निकै गार्हो हुने थियो ।
दसैंमा शुभकामना आदनप्रदान गर्ने विभिन्न हिरो हिरोइन को फोटो फुलहरु रहेकोे पोस्टकार्ड हरुको पछाडि शुभकामना तथा सायरी लेखेर साथीहरूलाई पठाउने चलन थियो हिरो हिरोइनको सगै संयुक्त खिचेको तस्बिर र प्रेमको प्रतीक झल्काउने पोस्टकार्ड विशेष गरि आफुलाइ मन पर्ने केटी साथी वा केटा साथीलाई पठाउने र प्रेम प्रस्ताव राख्ने चलन थियो कतिपयको त यसरी नै बिहेबारी भएको हुन्थ्यो यस्ता कामले कुनैकुनै साथिहरु केटी साथीले हेड सर लाई उजुरी गरेर खप्की पनि खाने गर्थे ।
यो बेला पो दशै आए जस्तो हुन्थ्यो र दशै कहिले आउला भनेर औंला भाची भाची बस्थ्यो आहा तेति बेलाको दसैं त्यो स्कुल त्यो दिन अनि मिलेर गरेको त्यो काम सम्झनामा …………….
दशै त्यो पो दशै