बीस वर्षमा हुन नसकेको पर्वतको विकास चार वर्षमै गर्‍यौ ः उम्मेदवार गिरी - News site from Nepal

पर्वत- नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत सिट बिजयी गर्ने बताउनुभएको छ । सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा प्राईमटाईम टेलिभिजनद्धारा आयोजित चुनावी बहसमा बोल्दै गिरीले नेकपा एमालेले अबको चुनावमा बहुमत प्राप्त गरेर केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने बताउनुभयो ।
उहाँले यो मुलुकको विकास र समृद्धिको योजना नेकपा एमालेसँग मात्र भएकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमै बिसौ बर्षमा हुन नसकेको विकास गरेको बताउँदै ती योजनाहरुको पुणर्ता र गुमेको भूमि फिर्ता, युवाहरुलाई रोजगारी, औद्योगिकिरणको विकास, सडक, विद्युत, खानेपानी र सिंचाईको विकास र विस्तारका लागि पनि एमालेको बिकल्प नभएको बताउनुभयो ।
गिरीले अघिल्लो पटक आफु निर्वाचित भएर गएपछि पर्वत जिल्लामा पनि असाधारण विकास भएको बताउनुभयो । सडक, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षा क्षेत्रमा आमुल परिवर्तन आएको बताउँदै तीन किलोमिटरमात्र सडक कालोपत्रे भएको जिल्लामा अहिले १ सय १८ किलोमिटर कालोपत्रे र थप ६४ किलोमिटर कालोपत्रे गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले नागरिकका धेरै अपेक्षाहरु पुरा गर्न बाँकी रहेको बताउँदै अबको पाँच वर्षमा प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो-‘एमालेसँग विकास र समृद्धिका एजेण्डा छन तर गठवन्धन दलसँग एमालेप्रतिको कुण्ठा र मिलिजुली सत्तामा जाने स्वार्थ बाहेक केहि नभएको बताउँदै यो मुलुकको भाग्य र भविष्य निर्माणको फैसला मंसिर ४ मा जनताले गर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले पर्वतको समग्र विकास एमालेकै पालामा शुरुवात भएको र एमालेले नै टुंगोमा पुर्‍याउने बताउँदै पर्वतवासी जनताले समृद्धिमा जाने कि यथास्थितिमा रहने फैसला मंसिर ४ मा गर्ने बताउनुभयो । उहाँले आफु बिजयी भएर गएपछि नागरिकका अपेक्षा र जिल्लामा देखिएका आवश्यकताहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । गुणस्तरीय शिक्षा, १ हजार युवा युवतीहरुलाई स्वरोजगार, रोकिएको आयोजनाहरुको पुणर्ता, कृषिमा व्यवासायिकरण र आधुनिकिकरणमा विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
यस अघि एमालेका उम्मेदवार गिरी र कुँवरले आज कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा घरदैलो तथा कोणसभामा सहभागि हुनुभएको थियो ।
यसैगरी पदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं. ७ लिमिठानामा सम्पन्न भएको छ । लिमिठानाका विभिन्न बस्ती र टोलमा पुगेर घरदैलो तथा कोणसभा गर्दै बस्यालले स्थानीयवासीहरुका समस्या र मागहरु निर्वाचन जितेर गैसकेपछि अक्षरस पुरा गर्ने बताउनुभयो । आफु जनताको सेवा गर्ने एकमात्र उद्धेश्य लिएर चुनवाी मैदानमा आएको बताउँदै अरु कुनै स्वार्थ नभएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!