स्थानियवासीको चिन्ताः तातोपानी कुण्ड संकटमा पर्न थाल्यो - News site from Nepal
स्थानियवासीको चिन्ताः तातोपानी कुण्ड संकटमा पर्न थाल्यो


माधव पराजुली
रेडियो नेपाल,पोखरा

प्राकृतिक चिकित्साको रुपमा विकास भई पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गरेको कास्कीको तातोपानी कुण्ड संकटमा परेको भन्दै स्थानियवासीले चिन्ता व्यक्त गरेका छन् । केही बर्ष पहिले अन्नपूर्ण हिमाल चौथोको आसपास बाट खसेको बेमौसमी भीषण हिमपहिरोले सेतीमा बाढी आउँदा पुरिएको कुण्ड हराय पछि स्थानियवासीकै सक्रियतामा पहिले पोखरी रहेकै स्थानमा केही मिटर गहिरो खाडल खनेर पत्ता लागेको थियो । स्थानियवासीले यसको संरक्षणमा चासो देखाएता पनि सम्बन्धित निकायको अहिँले सम्म चासो नपुगेको भन्दै स्थानियवासी चिन्तित बनेका छन् ।
विगतमा नदीको तिरमा व्यवस्थित तातोपानी कुण्ड रहेको र त्यसको व्यवस्थापनका लागि माछापुच्छ्रे गाउँपालिकामा दुई वटा संरक्षण समिति क्रियाशील रहे पनि दिगो रुपमा संरक्षणको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन । संरक्षणको लागि देशका तीन ओटै सरकारलाई ध्यानाकर्षण गरिए पनि चासो नदिइएको बताउनुहुन्छ, मान ब.गुरुङ राई ।
पोखराबाट १५ किमीको दूरीमा रहेको नेपालकै महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको तातोपानीमा नुहाउनाले जोर्नीको दुखाइ, छालासम्बन्धी घाउ, खटिरा, डण्डीफोर तथा बाथ लगायतका रोगहरु निको हुने विश्वासले देशका विभिन्न भागबाट नागरिकहरु त्यहाँ पुग्ने गरेका छन् ।
नदीको किनारमा रहेको यस तातोपानी कुण्डको बसेर्नी भेलबाढीका कारण अस्तित्व मेटिन थालेको छ ।
विगतमा ओत लाग्ने प्रतीक्षालय, सार्वजनिक शौचालय र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै कपडा फेर्ने ठाउँलगायतका पूर्वाधार भए पनि हाल पर्यटकका लागि कुनै पनि पूर्वाधार छैन । तातोपानी कुण्डले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएकाले तातोपानीलाई पूर्ववत् अवस्थामा फर्र्काइनु पर्ने स्थानीय बासिन्दाको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!