
माधब पराजुली,पोखरा
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा गरिने भएको छ ।
कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वा्चित अधिकारीको शव विहिवार नेकपाको केन्द्रिय पार्टी कार्यालयमा राखिएपछी शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको नेकपा गण्डकी प्रदेशका ईन्चार्ज एबम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने बताइएको छ ।
अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।
यसै बिच नेकपा गण्डकी प्रदेशले हेलिकप्टर दुर्घटनामा परि मन्त्री अधिकारीको निधन भएकोमा दुख व्यक्त गरेको छ ।
नेकपा गण्डकी प्रदेशले एक शोक वक्तव्य जारी गर्दै मन्त्री अधिकारी सहित ७ जनाको निधनले ठुलो क्षेती पु¥याएको बताएको छ ।
अधिकारीको निधनले पार्टी र देशले एक होनाहार, सिर्जनशिल तथा लोकप्रिय युवा नेता,विकास प्रेमी जनप्रतिनिधी गुमाएको छ शोक वक्तव्यमा भनिएको छ ।