पर्वतको विहादी आम्बारीमा प्रदर्शनी स्थल निर्माण हुदै,मन्त्री लम्सालले गरे शिलान्यास - News site from Nepal

माधब पराजुली,

पर्वतको विहादी गाँउपालिका वडा नं. २ बराचौर स्थित आम्बारीमा प्रदर्शनी स्थल निर्माण गरिने भएको छ ।
जिल्ला भु—संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले कुल ६१ लाखको लागतमा भु—संरक्षण प्रदर्शनी स्थल निर्माणको कार्य अगाडी बढाएको हो ।
यसक्षेत्रका स्थानियले निकै लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका थिए । खेर गईरहेको गल्छि नियन्त्रण तथा जमिनलाई सदुपयोग गर्दै प्रदर्शनी स्थल निर्माण कार्य अगाडि बढाईको हो ।
व्यवस्थित प्रदर्शनी स्थल निर्माणसँगै बिभिन्न संरचना बनाई प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन गर्न सकिनेछ ।
प्रदर्शनी स्थल भित्र भलिबल,बास्केटबल,फुटबल,टेवलटेनिस,क्क लगाएतका बिभिन्न खेलहरु खेल्न सकिने छ भने बिभिन्न बस्तु तथा उत्पादनको वजार प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
प्रदर्शनी स्थलको लम्बाई २० मिटर भन्दा लामो रहने छ । प्रदर्शनी स्थल निर्माण गर्न कुल ६१ लाखको लागत स्टिमेट तयार पारिएको छ ।

प्रदर्शनी स्थलको निर्माण गर्न जिल्ला भु—संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयले तत्कालका लागि ११ लाख रकम बिनियोजन गरेको छ ।
अहिँलेलाई पर्याप्त बजेट नभएता पनि ११ लाख बजेटले आधारभुत काम पुरा गरि आगामि बर्षमा गाँउकार्यपालिका सँग समन्वय गर्दै थप बजेटको व्यवस्था मिलाई दुई बर्ष भित्र सक्ने लक्ष्यका साथ प्रदर्शनी स्थलको काम अगाडी बढाईएको जिल्ला भु—संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । अहिँलेलाई हामी १० लाखको काम गर्छौ, उहाँले भन्नुभयो” खेर गएको भु—संरक्षण पनि हुनेछ,आगामी बर्षमा यसको सबै काम हामी सम्पन्न गर्नेर्छौ ।
उक्त प्रदर्शनी स्थलको शिलान्यास समेत गरिएको छ । शिलान्यास गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले खेलकुद बनाउने स्थानियवासीको चाहना लाई लामो समयपछी पुरा गर्न सकिएको बताउनुभयो । आफुलाई हरेक कार्यक्रमहरुमा बिहादी आउदा यहाँका जनताले निरन्तर कुरा उठाईरहेको स्मरण गर्दै प्रदर्शनी स्थलले समग्र बिहादीकै महत्व राख्ने बताउनुभयो ।
ग्रामिण भेगमा प्रदर्शनीस्थल निर्माण भए सँगै बिभिन्न खेलकुद,प्रदर्शनी तथा मेला महोत्सव गर्न सहज हुने तथा अन्य औद्योगिक उत्पादनको प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने बताउदै मन्त्री लम्सालले प्रदर्शनी स्थल निर्माणको लागि आवश्यक रकम प्रदेश सरकार बाट व्यवस्था मिलाउने बताउनुभयो । भु—संरक्षण तथा जलाधार बिभाग हेर्ने आफ्नो मन्त्रालय रहेकाले पनि प्रदर्शनी स्थल निर्माणको लागि आवश्यक ६१ लाख रकम बिनियोजन गरिने उहाँको भनाई थियो ।
बिहादीमा व्यवस्थित प्रदर्शनी स्थलको खाँचो रहेको बेला निर्माण कार्य शुरु गरिएको उक्त कार्यले आफुलाई निकै उत्साह जागेको वडाध्यक्ष ओम प्रसाद कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!