पर्वतको ठुलीपोखरीवाट पक्राउ परेका विप्लब कार्यकर्ता धरौटीमा रिहा - News site from Nepal

पर्वत- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् । राजद्रोह मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका ३५ बर्षिय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीबाट १७ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । ठूलिपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
पर्वत प्रहरीले परियारलाई विप्लब नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखि सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्धा दर्ता गराएको थियो । जिल्ला अदालत पर्वतका न्यायधिश सुर्यबहादुर थापाको इजालसले उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!