अन्र्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले काठमाडौ मेडिकल कलेजमा उपचाररत मिनबहादुरलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेकी हुन । भुसालले मिनबहादुरको पत्नीलाई रकम हस्तान्तरण गरेको जानकारी दिइन । उनले सानो रकम भएपनि उपचारमा केही राहत मिल्ने भएकोले इजरायलमा रहेका नेपालीले संकलन गरेर पठाएको बताइन । यसअघि भुसालले नेदरल्याण्डमा रहेका नेपालीले संकलन गरेर पठाएको ६० हजार सात ४१ रुपैयाँ मिनबहादुरको घरमै पुगेर प्रदान गरेकी थिइन ।
हालसम्म उपचारका क्रममा नेपाल र भारतको अस्पतालमा झण्डै ५० लाख रुपैयाँ खर्च गरिसकेका मिनबहादुरको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको आब्हान गरिएको थियो । यसअघि पत्रकार रामकृष्ण लामिछानेले एभरेष्ट बैंक कुश्मामा खोलेको खातामा ११ लाख ७४ हजार रुपैयाँ संकलन भएको थियो । उक्त रकम मिनबहादुरलाई हस्तान्तरण गरिसकिएको छ ।






