फलेवासका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको बिदाई कार्यक्रम सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको सरुवा भएको छ । विगत साढे सात महिना पहिलेबाट फलेवासमा कार्यरत रहेका ज्ञवालिको स्याङ्जाको वालिङ नगरपालिकामा सरुवा भएको हो ।
सरुवा भएर वालिङ जान लाग्नुभएका ज्ञवालिलाई बुधबार फेरी भेटौँला कार्यक्रमको आयोजना गरी फलेवासले विदाई गरेको छ । कार्यालय सञ्चालन र सेवाप्रवाहमा दक्ष रहेका ज्ञवालिले फलेवास नगरपालिकामा ७ महिना १७ दिन काम गर्नुभएको थियो । मिठो बोली, नम्र स्वाभव र बलियो कार्यक्षमता भएका ज्ञवाली फलेवासमा घुलमिल भएर सवैसंग चिनजान बढाउने बेला नेपाल सरकाले नियमानुसार सरुवा गरेपछी फलेवासको कार्यसम्पादनमा भने कठिनाई हुने अनुमान गरीएको छ । आर्थीक बर्षको अन्त्यतिर भएको प्रमुख प्रशासकियको सरुवाले नगरभित्र सञ्चालन भएका योजना तथा कार्यक्रमहरुलाई पूर्णता दिन कठिनाई हुने स्थानीयले गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले छोटो समयमै कार्यालयका कर्मचारी र नगरबासिहरुको मन जित्न सफल भएका ज्ञवालीलाई पालिकाले उत्कृष्ट प्रशासकियको रुपमा लिएको बताउनुभएको थिए ।
नगरप्रमुख तिवारीले नगरपालिकाको सेवाप्रवाहलाई मर्यादित र व्यवस्थीत बनाउन उहाँले निभाउनुभएको भूमिकालाई खुलेर प्रशंसा गर्नुभयो । प्रमुख प्रशासकियको रुपमा ज्ञवाली आफ्नो पालिकामा आएपछी कार्यसम्पादन तथा उहाँको चालचलनले सिंगो पालिकालाई विकासको बाटोमा अगाढि बढाउन आवश्यक सहायता प्रदान गरेको तिवारीले दावी गर्नुभयो ।
स्थानीय तहमा हुने बेरुजु रकमलाई कम गर्नको निम्ती उहाँले खेलेको भुमिकाप्रति पालिकामा आवद्ध सम्पुर्ण कर्मचारीहरुले प्रशंसा गर्दै आफुहरुलले पनि थप ज्ञान सिक्ने अवसर पाएकोे बताएका थिए । ज्ञवालिले कार्यालय समयको पालना गर्ने, कार्यसम्पादनमा पारदर्शिता कायम गर्ने, नेपाल सरकारले तोकेबमोजिमको पोशाकमा कार्यालयमा उपस्थित हुने, मेलमिलाप तथा सेवाको भावनालाई आत्मसात गर्ने, नियमित हाजिरिलाई मान्यता दिने लगायतका कुराहरुमा आफू फलेवास आएपछी कडाईका साथ सुधार गरीएको बताउँदै आगामी दिनहरुमा पनि त्यस्ता कुराहरुलाई निरन्तरता दिन आग्रह गर्नभयोे ।
अधिकृत ज्ञवालीलाई मायाको चिनो, फूल–माला, अविर र खादाद्धारा सम्मानका साथ फेरी भेट्ने प्रतिवद्धताका साथ विदाई गरीएको थियो । कार्यक्रममा लेखा अधिकृत यशोधा सुवेदि, शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, कार्यपालिका सदस्य नेत्र बहादुर बि.क. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अवको केही दिनमै फलेवासमा भोला प्रसाद चापागाँई प्रमुख प्रशासकियको रुपमा आउने बताइएको छ । नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मेयरका स्वकिय सचिव अगन्धर तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!