महाशिलामा शैक्षिक उपलब्धि मापन परीक्षाको समीक्षा, उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को उपलब्धि मापन परीक्षाको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशिला गाउँपालिकाभित्रका २३ वटा विद्यालयका प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयको शैक्षिक उपलब्धि तथा प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाले सञ्चालन गरेको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरिएको थियो। कक्षा १–३ तर्फ गोरादी आधारभूत विद्यालय, कक्षा १–५ तर्फ सगरमाथा आधारभूत विद्यालय, कक्षा १–८ तर्फ लक्ष्मीदय आधारभूत विद्यालय तथा कक्षा १–१० तर्फ जनविकास माध्यमिक विद्यालय उत्कृष्ट घोषित भएका हुन्। ती विद्यालयका १९ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

 

यसैगरी विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत विभिन्न विधामा उत्कृष्ट भएका विद्यालय र विद्यार्थीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रस्तुत गरिएको शैक्षिक प्रतिवेदनअनुसार महाशिला गाउँपालिकाको समग्र शैक्षिक अवस्थामा क्रमशः सुधार हुँदै गएको देखिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले महाशिला गाउँपालिकाले शैक्षिक क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको सुधार सकारात्मक दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै सबै पक्षको सहकार्य र प्रतिबद्धताले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनसुवा वि.क. तथा वडा नं. ६ का अध्यक्ष गोविन्दबहादुर वि.क.ले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

शिक्षा तथा खेलकुद शाखा प्रमुख सविता पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बेलबहादुर परियारले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!