यसरी बन्दै छ पर्वतको दक्षिणमा बग्ने सेतीखोलामा हाइड्रो पावर - News site from Nepal

पर्वत–पर्वतको विहादी गाउँपालिकाको शालिग्रा र पैँयु गाँउपालिको टकलाक भएर बग्ने सेतीखोलामा हाइड्रो पावर बन्ने भएको छ । 
पर्वत पैँञ्युखोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गर्ने ३.५ मेगावाटको हाइड्रो पावरमा (क) वर्गको बाणिज्य बैंक सँगै नाम चलेको विकास बैंकले लगानी गर्ने भए पछि यो हाइड्रो पावर निर्माण हुने निश्चित भएको हो ।
हाइड्रो पावरले गति लिन नसकेको बेलामा केही वर्ष अघि जिम्मा लिएका संचालक र नेतृत्वकर्ताहरुको पछिल्लो पहलले मूर्त रुप लिन लागेको हो ।
पर्वतको सुदूर दक्षिणमा पर्ने सेती खोलामा हाइड्रो पावर बनाउने सपना धेरै पहिले देखि विहादीवासी र टकलाकवासीको थियो ।
मुख्यत पूर्व सभासद गुणाखर बस्यालको पहल र राजकुमार बस्यालको सक्रियतामा प्रयास हुँदै आएको सो हाइड्रोको बर्तमान अध्यक्ष भने विहादी गाउँपालिकाका राजकुमार बस्याल नै हुन ।
हाइड्रो कम्पनी नविकरण गर्दै वर्ष कटाउँदै गरेका राजकुमारले यस अघि लगानीकर्ता र पार्टनरहरु केही भित्राए पनि उनी बाहेकको पुरानो समुह यस अघि नै शेयर बुझेर बाहिरीएका थिए ।
पर्वत पैञ्युखोला हाइड्रो पावर कम्पनी प्रा.लिको बर्तमान संचालकमा राज कुमार बस्याल डा. शिव कुमार बस्याल, एकनारायण भट्टराई, युक्तराज खनाल, आत्माराम पंथी र उमाकान्त सापकोटा लगायत रहेका छन । 
माघ २० गते आइतबार काठमाडौंमा आयोजित एक समारोहमा हाइड्रोका तर्फबाट राजकुमार बस्याल र सिद्धार्थ बैंकका तर्फबाट चन्दन कार्की र गरीमा बिकास बैंकका तर्फबाट माधव आचार्यले ६५ र ३५ का हिसावमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन ।
यो सम्झौता सँगै पर्वतका दक्षिणवासी जनताको लगानीको संभावना पनि बढेको छ । 
५० प्रतिशत काम अघि बढ्दा साथ स्थानीय र सर्वसाधारणलाई शेयर खुल्ने प्रावधान बमोजिम विहादी र पैँयुवासी लगायत पर्वतका जनतालाई थप लाभ मिल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!