पोखरा
प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रारभ्कि अध्ययन थाल्ने भएको छ । मन्त्रालयले प्रतिष्ठान स्थापनाका लागि नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टा सँग सहकार्य गर्ने भएको हो ।
मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रारभ्कि छलफलका क्रममा गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रतिष्ठान स्थापनाका लागि ऐन आवश्यकता पर्ने भएको हुदाँ सम्बन्धित बिषयमा बिज्ञान हासिल गरेका सुझाव तथा सल्लाह लिईने बताए ।
प्रदेश सरकारले बिज्ञान प्रतिष्ठान स्थापनाका लागि कार्यक्रम सार्वजनिक गरेको बताउदै चालु आर्थिक बर्षमा ८५ लाख बजेट बिनियोजन गरेको बताए ।
बजेट पर्याप्त नभए पनि प्रतिष्ठानले जग बसाल्न पनि प्रारभ्कि चरणमा यो योजनालाई महत्वपूण रुपमा लिएको उनको भनाई छ ।
प्रतिष्ठानको लागि पृथ्विनारायण क्याम्पसले जग्गा उपलब्ध गराउने जनाएको छ ।
प्रदेशमा स्थापना हुने उक्त प्रतिष्ठानले बिद्यालयमा बिज्ञान तथा प्रविधि शिक्षाको प्रवद्र्धन हुनेछ ।
समुदाय स्तरमा विज्ञान तथा प्रविधि अनुसन्धानको हस्तान्तरण नितिलाई प्रथामिकतामा राखि काम गरिने नास्टाका बैज्ञानिक डा. किशोर पाण्डेले जानकारी दिए ।
उक्त छलफलका क्रममा नास्टाका बैज्ञानिक डा. किशोर पाण्डेको संयोजकत्वमा ११ सदस्य प्रतिष्ठान तर्दथ समिति गठन गरेको छ । प्रारभ्कि अध्ययन समितिमा राष्ट्रिय आविष्कारका अभियान्त महाबिर पुनलाई समेत सदस्यमा राखिएको छ । सदस्यमा मध्यपश्चिम विश्व बिद्यालयका सहप्रध्यापक डा. पुष्प राज आचार्य सहति पृथ्विनारायण क्याम्पस,पोखरा विश्व बिद्यालय,ईञ्जिनियरिङ अध्ययन संस्थान,वन तथा कृषि विज्ञान क्याम्पसका १/१ जना र २ जना महिला रहने गरि बिषयगत बिज्ञताको आधारमा समिति गठन गरिएको छ ।
उक्त समितिले पूर्णता पाए सँगै केहि हप्ता भित्रमा नै प्रतिष्ठान स्थापनाका लागि आवश्यक कार्याविधी मन्त्रालय लााई बुझाउने छ ।